कीवर्डहरू -

एन्ड्रोइडको केबल प्रयोग गरेर आइफोन १५ चार्ज गर्दा के डिभाइस बिग्रिन्छ ?

एन्ड्रोइडको केबल प्रयोग गरेर आइफोन १५ चार्ज गर्दा के डिभाइस बिग्रिन्छ ?

एप्पलले केही महिना अगाडि आइफोन १५ सिरिज सार्वजनिक गरेको थियो । अहिले आईफोन १६ सार्वजनिक गर्ने तयारीमा एप्पल छ ।

आईफोन १५ सिरिजमा चार स्मार्टफोनहरू आइफोन १५, आइफोन १५ प्लस, आइफोन प्रो र आइफोन प्रो म्याक्स समावेश रहेका थिए ।

यो शृङ्खलासँगै कम्पनीले यसअघि भएको लाइटनिङ पोर्ट हटाएर यूएसबी सी चार्जिंग सुविधा उपलब्ध गराएको छ । त्यसैकारण यतिबेला मानिसहरुमा आईफोन १५ सिरिज चार्ज गर्दा एन्ड्रोइडको केबल प्रयोग गर्न सकिन्छ की सकिदैन् भनेर जिज्ञास छ ।

एन्ड्रोइड केबलमार्फत चार्ज गर्दा आईफोन बिग्रन्छ ?

एन्ड्रोइडको यूएसबी सी केबल प्रयोग गरेर नयाँ आइफोन चार्ज गर्न सकिन्छ । एन्ड्रोइड यूएसबी सी केबल प्रयोग गरेर आइफोन १५ लाई चार्ज गर्नाले डिभाइसलाई नोक्सान पुर्‍याउँछ भनी दाबी गर्ने केही भिडियो भाइरल समेत भएका छन् ।

गिज्मो चाइनको एक रिपोर्ट अनुसार चीनमा रहेका एप्पल स्टोरले प्रयोगकर्तालाई आईफोन १५ मा एन्ड्रोइडको चार्जर प्रयोग नगर्न सुझाव दिएका छन् । त्यसले ओभर हिटिङ बढाउने उनीहरूको भनाइ छ ।

यो पूर्णतया सही छैन किनभने सबै यन्त्रहरूको यूएसबी सी केबलमा निश्चित मापदण्ड छैन् । एन्ड्रोडइको चार्जरले नयाँ आइफोन १५ श्रृंखला मोडेलहरूसहित कुनै पनि डिभाइस चार्ज गर्न सक्छ ।

विगतमा, मानिसहरूले तेस्रो-पक्ष यूएसबी सी केबल प्रयोग गरेर आइप्याड एयर आइप्याड प्रो र म्याकबुकलाई चार्ज गरेका छन् । त्यसकारण, यी केबलहरू निश्चित रूपमा आईफोन १५ मोडेल चार्ज गर्न सकिने छ ।

आइफोनले यो फिचर ल्याउनुकै कारण भनेको एन्ड्रोइड यूएसबी सी चार्जिंग केबल प्रयोग गरेर पनि आईफोन चार्ज गर्न दिनु हो । यद्यपि, एप्पलले आईफोन १५ र आईफोन १५ प्रो मोडेलहरूमा यूएसबी सीपोर्टको लागि फरक प्रयोग केस भएको भनिन्छ, किनकि तपाईंले यूएसबी सी २.० र यूएसबी सी ३.२ मापदण्डहरू प्राप्त गर्नुहुन्छ ।

सरल भाषामा भन्नुपर्दा, एन्ड्रोइड फोनको यूएसबी केबल प्रयोग गर्दा आईफोनमा कुनै फरक पर्दैन किनकि तपाईले नयाँ आईफोनको लागि एप्पलले सेट गरेको गति मात्र पाउनुहुनेछ ।