कीवर्डहरू -

गूगल क्रोम प्रयोगलाई सहज बनाउन तीन नयाँ एआई फिचर थप

गूगल क्रोम प्रयोगलाई  सहज बनाउन तीन नयाँ एआई फिचर थप

गूगलले आफ्नो क्रोम वेब ब्राउजरमा ब्राउजिङलाई सजिलो र सुरक्षित बनाउन तीनवटा नयाँ जेनेरेटिभ एआई फिचर उपलब्ध भएका छन् ।

गूगलले ग्रुप ट्याब, जेनेरेटिभ एआई थिम र हेल्प मि राइट सुविधा क्रोममा ल्याएको हो ।

नयाँ सुविधा म्याक र विन्डोज दुवैका लागि उपलब्ध छन् । गूगलले एक ब्लगपोस्टमा ब्राउजिङ अनुभवलाई सहज बनाउन एक्सपेरिमेन्टल जेनेरेटिभ एआई सुविधा ल्याएको जानकारी दिएको छ ।

ग्रुप ट्याब

ग्रुप ट्याब सुविधाले खुलेको ट्याबमा ट्याब समूह बनाउन स्वचालित रूपमा सुझाव दिने र सिर्जना गर्न सहयोग गर्नेछ । प्रयोगकर्ताहरूले ट्याबमा दायाँ क्लिक गरेर र अर्गनाइज सिमिलय ट्याब छनौट गरेर वा ट्याबको बाँयामा सिधै ड्रप–डाउन एरो क्लिक गरेर नयाँ सुविधा प्रयोग गर्न सक्छन् । गुगलका अनुसार यो सुविधा यात्रा योजना, विषय अनुसन्धान, र किनमेल जस्ता बहुकार्य गर्दा यो फिचर उपयोगी हुनेछ । 

जेनेरेटिभ एआई थिम

गुगलले पिक्सेल ८ बाट क्रोम ब्राउजरमा जेनेरेटिभ एआई वालपेपर सुविधा ल्याएको हो । यसले प्रयोगकर्ताहरूलाई टेक्स्ट–टू–इमेज डिफ्युजन मोडेलमा आधारित ब्राउजिङ अनुभव निजीकृत गर्न मद्दत गर्नेछ ।

प्रयोगकर्ताहरूलाई मुड, भिजुअल शैली र रंगमा आधारित कस्टम थिम बनाउन दिनेछ । यो सुविधा प्रयोग गर्न प्रयोगकर्ताहरू कस्टमाइज क्रोम साइड प्यानलमा जान सकिने छ  । त्यसपछि चेन्ज थिममा क्लिक गर्न सक्नुहुन्छ र क्रियट विथ एआईमा क्लिक गरेर यो सुविधा प्रयोग गर्न सकिने छ ।

हेल्प मि राइट फिचर

गुगलले गत वर्ष आइ÷ओ २०२३ कार्यक्रममा हेल्प मी राइट सुविधा घोषणा गरेको थियो । त्यसयता कम्पनीले हेल्प मि राइट फिचरलाई निरन्तर विस्तार गरिरहेको छ । क्रोममा प्रयोगकर्ताहरूले यो फिचर वेबसाइटहरूमा आफ्ना विचारहरू अझै राम्रोसँग व्यक्त गर्न दिनेछ । 

नयाँ सुविधाहरू कसरी प्रयोग गर्ने ?

यसका लागि सबैभन्दा पहिले आफ्नो क्रोम ब्राउजर खोल्नुहोस् । त्यसपछि तीन–डट मेनुमा क्लिक गर्नुहोस् ।  अनिसेटिंग्समा जानुहोस् । त्यहाँ एक्सपेरिमेन्टल एआइपेजमा थिच्नुहोस् ्। 

 यतिगरेपछि प्रयोग गर्न चाहेको नयाँ सुविधाहरू खोल्नुहोस् र क्रोम रिस्टार्ट गर्नुहोस् ।