कीवर्डहरू -

आइडब्लुडी कन्क्लेभ २०२४ सम्पन्न

आइडब्लुडी कन्क्लेभ २०२४ सम्पन्न

सूचना प्रविधिमा महिला ९डब्ल्यूआईआईटी० ले प्राइम आईटी क्लबसँगको सहकार्यमा मार्च ८ मा विश्वव्यापी रूपमा मनाइने अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को योगदानलाई सम्मान गर्दै प्राइम कलेज, खुसीबुन, काठमाडौंमा मा आइडब्लुडी कन्क्लेभ २०२४ आयोजना गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को थिम इन्भेस्ट इन वुमन : एक्सिलेरेट प्रोग्रस (Invest in women: Accelerate Progress) रहेको छ । 

यो सम्मेलनको विषयवस्तु अन्तर्राष्ट्रिय विषयवस्तुसँग मिल्दोजुल्दो छ जसले समाजका सबै पक्षहरूमा सकारात्मक परिवर्तन ल्याउनका लागि महिला र किशोरीहरूमा लगानीको महत्वपूर्ण भूमिकालाई रेखांकित गरेको थियो र लैङ्गिक समानतालाई अगाडि बढाउन पुरुषको सह–साझेदारको रूपमा अपरिहार्य भूमिकालाई पनि मान्यता दिएको थियो । त्यसैले, आइडब्लुडी कन्क्लेभ २०२४ को विषय “इन्भेस्ट इन हर स् मेन एज कोपाटर्नस टू इम्पावर वुमन इन आइसिटीू भन्ने रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको उपस्थिति रहेको थियो । उनले समाजमा चेतना जगाउने र समस्यालाई संवेदनशील बनाउने यस्ता कार्यक्रमहरूको प्रशंसा गरिन्।

यो संवेदनशीलता लक्ष्य प्राप्त गर्नका लागी पहिलो प्रमुख कदम हो। उनले यस्ता कार्यक्रमहरु पनि महिलाहरुलाई सबै क्षेत्रबाट उत्थान गर्ने एक किसिमको लगानी हो भन्ने उदाहरण दिदै बौद्धिक लगानीमा ध्यान केन्द्रित गरिन् ।

त्यसैगरी नेपाल डिजिटल लिड्स, फेलो एसिया प्यासिफिक सेन्टर फर सेक्युरिटी स्टडिज (एपीसीएसएस), हवाई, अमेरिकाका अध्यक्ष आनन्दराज खनाल र नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व वरिष्ठ निर्देशक विशेष अतिथिको रुपमा उपस्थित थिए । उनले महिला सशक्तिकरणमा परिवर्तनको लागि अगुवाको रूपमा नभई सह(साझेदारको रूपमा काम गर्नुपर्छ भन्ने विषयवस्तुलाई दोहोर्याए। जबसम्म समाजले महिलाको कथालाई परिवर्तन गर्दैन तबसम्म परिवर्तन सम्भव छैन भन्ने कुरामा उनको दृढ विश्वास छ । 

यस कार्यक्रमको पहिलो मुख्य वक्ता जनरल टेक्नोलोजी प्रा. लिमिटेडका प्रबन्ध निर्देशक र  क्यान महासंघ नेपालका पूर्व उपाध्यक्ष सुनैना घिमिरे पाण्डे रहेकी थिइन् । उनी वुमन आईसीटी आइकॉन २०२३ ९आईसीटी अवार्ड २०२३ लिभिङ विथ आईसीटीको विजेता समेत हुन् । उनले महिलाहरूलाई समाजमा आफ्नो गहिरो अस्तित्वको लागि आर्थिक रूपमा आत्मनिर्भर हुन प्रोत्साहित गरिन् ।

त्यसैगरी हामी दाजुभाईका अध्यक्ष संजोग ठकुरीले पनि महिला उत्थानमा पुरुषहरू सम्पर्क साझेदार हुनसक्ने विषयलाई समर्थन गरे । प्राइम कलेजका प्रिन्सिपल नारायणप्रसाद शर्माले गर्वका साथ आफ्नो कलेजको तथ्याङ्क प्रस्तुत गरे जहाँ झण्डै ५० प्रतिशत विद्यार्थी महिला छन् ।

कार्यक्रममा ६ वटा राउण्डटेबल छलफल पनि सञ्चालन भएका थिए ।

यस कार्यक्रमले आइसिटी क्षेत्रमा महिलाकाहरुको चुनौतीको बहुआयामिक प्रकृति पहिचान गर्न र सहयोगी प्रयास, शिक्षा, र नेटवर्किङ मार्फत यसलाई सम्बोधन गर्न मद्दत गरेको थियो। यस्ता पहलहरू थप विविध, समावेशी र समतामूलक आईसीटी परिदृश्यमा महिला नेतृत्वलाई बढावा दिनको लागि महत्त्वपूर्ण छन् ।

डब्लुडब्लुआइआइटीले यो सम्मेलन नेपालको आइसिटी क्षेत्रमा लैङ्गिक असन्तुलन र परिवर्तन ल्याउनका लागि पुरुषको महत्वपूर्ण भूमिकालाई सम्बोधन गर्ने पहिलो हो भन्ने विश्वास गरेको छ।

यसबाहेक, डब्लुडब्लुआइआइटीले वर्कशप, मेन्टरशिप कार्यक्रम, र विभिन्न प्रकारका पुरुष र महिला दर्शकहरूलाई अनुरूप वकालत अभियान जस्ता फलो–अप कार्यक्रमहरु आयोजना गरिरहने प्रतिबद्धता पनि जाहिर गर्दछ ।