एप्पल आफ्ना प्रयोगकर्ताहरूको गोपनीयता र सुरक्षाका लागि लोकप्रिय छ । हाल कम्पनी स्पाम कलहरूबाट जोगिनका लागि कलर आईडी फिचरमा काम गर्दैछ । यो धेरै हदसम्म ट्रुकलर जस्तै हुनेछ । यसमा कम्पनीहरूले आफ्ना नम्बरलाई नाम, लोगो र अन्य जानकारीसहित दर्ता गर्न सक्नेछन् । एप्पलको यो डाटाबेस आईफोन प्रयोगकर्ताहरूलाई स्पाम कलबाट बचाउन मद्दत पु¥याउनेछ । यसमा सबै आकारका व्यवसायहरूले एप्पल बिजनेश कनेक्ट प्लेटफर्ममा आफूलाई दर्ता गराउन सक्नेछन्, जसमा भर्चुअल काम गर्ने कम्पनीहरू पनि समावेश छन् ।
एप्पल बिजनेश कनेक्ट प्लेटफर्ममा दर्ता हुने कम्पनीहरूले आफ्ना नाम, लोगो र विभागको नामबाट व्यक्तिगत कार्डहरू बनाउन सक्नेछन् । साथै, उनीहरूले ब्राण्डेड प्रमोशन पनि गर्न सक्नेछन् । यो फिचर मार्फत कम्पनीले १ अर्ब एपल प्रयोगकर्तासँग सम्पर्क गर्न सक्नेछ ।
एप्पल बिजनेश कनेक्टमा प्रमाणित व्यवसायहरूले आफ्ना ब्राण्ड र स्थानको उपस्थिति बारे जानकारी दिन सक्छन् ।
एपलको इन्टरनेट सफ्टवेयर र सेवाहरूका वरिष्ठ निर्देशक डेभिड ड्रोन भन्छन् कि हामी सबै व्यवसायहरूको लागि हाम्रो नयाँ सेवाबारे उत्साहित छौँ । यो सेवाको फाइदा उठाएर कम्पनीहरूले एपल एपहरूमा आफ्ना ब्राण्डलाई प्रमोट गर्न सक्छन् । एपलका एपहरू प्रत्येक दिन १ अर्ब प्रयोगकर्ताहरूले प्रयोग गर्छन् ।
ब्राण्डेड मेल
यस फिचरको सहयोगले कम्पनीहरूले ग्राहकहरूलाई पठाइने इमेलमा आफ्नो नाम र ब्राण्डको लोगो प्रयोग गर्न सक्नेछन् । यसले प्रयोगकर्ताहरूलाई कम्पनीको वास्तविक इमेल चिन्न मद्दत गर्नेछ ।
ट्याप टु पे अन आईफोन
आईफोनमा ट्याप टु पे मार्फत भुक्तानी स्वीकार गर्दा कम्पनीहरूले आफ्नो लोगो पनि देखाउन सक्नेछन् । यसले ग्राहकहरूलाई थाहा हुनेछ कि उनीहरू विश्वासिलो र प्रमाणित स्थानमा भुक्तानी गरिरहेका छन् ।
बिजनेश कलर आईडी
बिजनेश कलर आईडी फिचरको साथ जब कम्पनीहरूले ग्राहकहरूसँग सम्पर्क गर्छन्, तब उनीहरूको नाम, लोगो र विभाग इनबाउन्ड कल स्क्रिनमा देखिनेछ । अर्को वर्षदेखि यो फिचर प्रयोगकर्ताहरूलाई स्पाम र अनावश्यक कलहरूबाट छुटकारा दिलाउनेछ ।
कसरी दर्ता गर्ने?
प्रयोगकर्ताले आफ्नो हालको एपल अकाउन्टमार्फत "एप्पल बिजनेस कनेक्ट’’ मा लगइन गर्न सक्छन्, या नयाँ एपल आईडी बनाएर एप्पल बिजनेश कनेक्ट प्लेटफर्ममा दर्ता गराउन सक्छन्। एकपटक आफ्नो कम्पनीलाई यहाँ दर्ता गरेपछि यसलाई निःशुल्क कस्टोमाइज गर्न सकिन्छ ।
 
                  
                  
               आईसीटी समाचार
                                      आईसीटी समाचार
                                   
                      
                      
                   
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                       
                       
                      