कीवर्डहरू -

जेनेस सोलुसनले नाइजेरियामा खोल्यो कार्यालय

जेनेस सोलुसनले नाइजेरियामा खोल्यो कार्यालय

बेलायतमा मुख्यालय भएको सूचना प्रविधि सम्बन्धी सेवाप्रदायक परामर्शदाता कम्पनी जेनेस सोलुसनले नाइजेरियामा आफ्नो कार्यालय खोलेको छ ।

अफ्रिका महादेशमा  सूचना प्रविधि सम्बन्धी  कम्पनी स्थापना गर्ने नेपाली उद्यमीले नेतृत्व गरेको जेनेस सोलुसनले आफ्नो कार्यालय खोलेको हो । 

जेनेस सोलुसनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले जेनेस सलुशन नाइजेरियाले नाइजेरियाका सरकारी तथा निजी कम्पनीहरुलाई डिजिटल रुपान्तरणका साथै क्लाउड सोलुसन्स, साइबर सुरक्षा, डेटा परामर्श लगायतका सेवाहरु उपलब्ध गराउने बताए । 

‘नाइजेरिया अफ्रिकाको सबैभन्दा ठूलो सूचना प्रविधि बजार मात्रै हैन, प्रविधि हबको रुपमा उदाउँदै गरेको मुलुक पनि हो ।  संसारकै क्लाउड सेवा प्रदायकहरू उदाउँदा बजारहरुमा आफ्नो सेवा विस्तार गरिरहेको बेला हामीले पनि नाइजेरियामा आफ्नो प्रभावकारी उपस्थिति जनाउने निर्णय गरेका हौँ,’ फुयाँलले भने, ‘नाइजेरिया सरकारले ल्याएको राष्ट्रिय डिजिटल अर्थतन्त्र नीतिले व्यापार व्यवसाय तथा लगानी भित्र्याउन  सहज गरेकाले व्यवसाय वृद्धिको राम्रो सम्भावना देखेका छौं।’ 

यस्तै नाइजेरियास्थित औद्योगिक  प्रतिष्ठान डाङोटे ग्रुपका  वरिष्ठ व्यवस्थापक तथा गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाले एकजना नेपाली उद्यमीले नेतृत्व गरेको कम्पनी नाइजेरियामा स्थापना हुनु एउटा गौरवको कुरा भएको बताए । 

जेनेस सोलुसनको  नेपाल, बंगलादेश, अमेरिका लगायत ८ ओटा मुलुकहरुमा कार्यालय छन् ।