कीवर्डहरू -

ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजको अफर, २९९ रूपैयाँमा ३ महिना र ९९९ रूपैयाँमा १ वर्ष हेर्न पाइने

ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजको अफर, २९९ रूपैयाँमा ३ महिना र ९९९ रूपैयाँमा १ वर्ष हेर्न पाइने

ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजले विशेष अफर ल्याएको छ । मंसिर २२ गतेदेखि मंसिर ३० गतेसम्म लागु हुने गरी कान्तिपुर सिनेमाजले विशेष अफर ल्याएको हो । 

अफर अन्तर्गत २९९ रूपैयाँमा ३ महिना र ९९९ रूपैयाँमा १ वर्षको सब्सक्रिप्सन पाइने छ । एउटा आईडी तीन जनासम्मले शेयर गरेर मोबाइल, ल्यापटप, कम्प्युटर र स्मार्ट टिभीमा हेर्न मिल्ने छ । 

कान्तिपुर सिनेमाजको सब्सक्रिप्सन खरिद गर्दा ईसेवा, आईएमई पेबाट शुल्क भुक्तानी गर्न सकिने छ । विदेशमा बस्नेले पेपालको प्रयोग गरी समेत शुल्क भुक्तानी गर्न सक्ने छन् । 

कान्तिपुर सिनेमाजमा नेपाली मुभी, सिरिज र शर्ट फिल्म उपलब्ध रहेका छन् । कान्तिपुर सिनेमाज वेबसाइट वा मोबाइल एप प्रयोग गर्न सकिने छ । 

कान्तिपुर सिनेमाज सब्स्क्रीप्सन मोड्युलबाट सञ्चालन भएको नेपालको पहिलो ओटीटी प्लेटफर्म हो । यस प्लेटफर्ममा प्रदर्शन भएका फिल्म, सिरीज तथा कन्टेन्टहरु अन्य कुनै पनी प्लाटफर्म तथा युट्युवमा कहिले पनि हेर्न पाईने छैन । हालको लागि यस कान्तिपुर सिनेमाजमा २४ घण्टाको प्रिमियम फिल्म र ओरिजिनल सिरिजहरु उपलब्ध छन ।

हरेक हप्ता नयाँ रिलीज हुनेछन् । कान्तिपुर सिनेमाजको एक पटक सब्स्क्रीप्सन लिएपछि यस भित्रका सम्पुर्ण कन्टेन्टहरु हेर्न मिल्नेछ । कान्तिपुर सिनेमाज कान्तिपुर फिल्म एकेडेमीद्वारा सञ्चालित नेपाली फिल्म प्रोडक्सन, डिजीटल डिस्ट्रिव्युटर तथा ओटीटी प्लाटफर्म कम्पनी हो । कान्तिपुर सिनेमाजले मुख्यत फिल्म तथा सिरिजहरु प्रोडक्सन गर्ने, डिजीटल राईट लिने र ओटीटी रिलीज गर्ने गर्दछ ।