कीवर्डहरू -

कान्तिपुर सिटी कलेजमा अब इभिनिङ सिफ्टमा पनि बीसीए पढाइ हुने, काम गर्दै पढ्न मिल्ने

कान्तिपुर सिटी कलेजमा अब इभिनिङ सिफ्टमा पनि बीसीए पढाइ हुने, काम गर्दै पढ्न मिल्ने

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्ध प्राप्त काठमाडौंको कान्तिपुर सिटी कलेजले अब बुलुका पनि ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) कोर्ष पढाउने भएको छ । 

कलेज यस वर्षदेखि काम गर्दै पढ्न चाहने विद्यार्थीका लागि इभिनिङ सिफ्टको रूपमा बीसीए कोर्ष पनि सञ्चालन गर्न लागेको हो । यो कोर्षको पढाइ बेलुका साढे ५ देखि सुरू हुने तयारी गरिएको छ । 

यो वर्षदेखि इभिनिङ सिफ्टमा पनि बीसीए कोर्ष पढाउन लागेको कान्तिपुर सिटी कलेजका प्रिन्सिपल राजु कट्टेलले बताए । ‘काम गर्दै पढ्ने सक्ने गरी साँझको समयमा कुनै आईटी कोर्ष सञ्चालनमा भए सह हुन्थ्यो भन्ने धेरैबाट कुरा आइरहेको थियो,’ उनले आईसीटी समाचारसँग भने, ‘त्यसपछि काम गर्दै पढ्दै गर्ने विद्यार्थीलाई लक्षित गर्दै यस वर्षदेखि बेलुका पनि बीसीए पढाउने तयारी अगाडि बढाएका छौं ।’ 

कलेजमा यसअघि देखि नै बीसीएको मर्निङ सिफ्ट सञ्चालन हुँदै आएको छ । बीसीएका लागि बिहान र बेलुका गरी ४०-४० वटा कोटा तोकिएको छ ।  आईटीको सीप भएका डिग्री नभएका विद्यार्थीका लागि डिग्री हासिल गर्न बीसीएको इभिनिङ सिफ्ट महत्त्वपूर्ण हुने कलेजको विश्वास छ । 

विद्यार्थीहरू ४ वर्षमा ग्राजुएट हुँदा कम्पनीमा काम गरेको अनुभव पनि हुने र हातमा डिग्री पनि हुने कट्टेल बताउँछन् । कुनै पनि कार्यक्रमबाट प्लस टु पास गरेर कम्तिमा पनि २.० जीपीए ल्याएका विद्यार्थी बीसीए कार्यक्रमका लागि योग्य हुनेछन् । 

बीसीएका लागि भर्ना प्रक्रिया सुरू भइसकेको छ । बीसीएमा भर्ना हुन कान्तिपुर सिटी कलेजमा आएर प्रवेश परीक्षाको फाराम भर्नुपर्नेछ । त्यसपछि कलेजले कम्प्युटरमा आधारित प्रवेश परीक्षा लिनेछ । प्रवेश परीक्षामा ४० प्रतिशत अंक ल्याएपछि भर्ना हुन सकिने छ । 

प्रवेश परीक्षामा गणित, अंग्रेजी, आधारभूत कम्प्युटर र सामान्य ज्ञानबाट प्रश्नहरू सोधिने छ । कलेजले पूर्वाञ्चल विश्वविद्यालयले तोकेको अनुसार प्रत्येक कार्यक्रममा १० प्रतिशत छात्रवृत्ति सुविधा समेत प्रदान गर्दै आएको छ । विश्वविद्यालयको छात्रवृत्तिका लागि विश्वविद्यालयले लिने छात्रवृत्तिको परीक्षामा सहभागी हुनुपर्नेछ ।

त्यस बाहेक स्थापना २५ भएको अवसरमा कलेजले विशेष छात्रवृत्ति समेत घोषणा गरेको कट्टेले जानकारी दिए । उनले अगाडि भने, ‘२५ औं वार्षिकोत्सवको अवसरमा हरेक कार्यक्रममा २५-२५ जना विद्यार्थीले विशेष छात्रवृत्ति पाउने छन् । त्यो छात्रवृत्ति पूर्ण नभएर आंशिक हो ।’

बीसीएको शुल्क ८ लाख ४६ हजार रूपैयाँ तोकिएको छ । तर २५ औं वार्षिकोत्वसको अवसरमा २५ जनाले ५ लाख रूपैयाँमै पढ्न पाउने छन् ।

कस्तो छ बीसीए कोर्ष ? 

पूर्वाञ्चल विश्वविद्यालयको बीसीए कोर्ष साइन्स एण्ड टेक्नोलोजी फ्याकल्टी अन्तर्गत सञ्चालन हुन्छ । ३ वर्ष अगाडि मात्रै बीसीए कोर्षको पाठ्यक्रम बजारको आवश्यकता अनुसार परिमार्जन गरिएको थियो । यसमा हरेक सेमेस्टरमा एउटा एउटा प्रोजेक्ट हुन्छ भने इन्टर्नसीप अनिवार्य गरिएको छ । 

बीसीएमा कम्प्युटर सिस्टम, डिजिटल लजिक, माइक्रोप्रोसेसर, मोर्डन बिजनेस प्रयाक्टिस, कम्प्युटर आर्किटेक्चर, डेटा स्ट्रक्चर एण्ड अल्गोरिदम, युजर इन्टरफेस, अपरेटिङ सिस्टम, कम्प्युटर नेटवर्क, डेटाबेस, फाइनान्सियल अकाउन्टिङ, इमोसनल इन्टेलिजेन्स जस्ता विषय पढाइ हुन्छन् ।

स्ट्याटिक्स, कम्प्युटर ग्राफिक, वेब टेक्नोलोजी, साइबर सेक्युरिटी, सफ्टवेयर इन्जिनियरिङ, एआई, प्रोग्रामिङ, आईटी इन बैंकिङ, मेसिन लर्निङ लगायतका विषय पढाइ हुनेछन् ।

बीसीए कोर्षको अन्तिम २ वर्षमा ‘स्पेस्लाइज्ड’को व्यवस्था गरिएको छ । नेटवर्किङ तथा क्लाउड कम्प्युटिङ, डेटा कमर्स तथा बिजनेस एनालाइटिक्स र इन्फर्मेसन सिस्टम म्यानेजमेन्टमा स्पेस्लाइज्ड गर्न सकिने छ । आफु कुन क्षेत्रमा दक्ष हुने त्यसको छनौट विद्यार्थीले आफै गर्न सक्ने छन् । 

किन पढ्ने कान्तिपुर सिटी कलेज ?

कान्तिपुरले टिचिङ लर्निङ प्रक्रियाबाट प्रोजेक्टमा आधारित पढाइमा जोड दिदै आएको छ । कलेजले अनुभवी फ्याकल्टी र अन्तर्राष्ट्रिय इन्टर्नसीपको व्यवस्था गरेको छ । 

कान्तिपुर सिटी कलेज युएनको सस्टिनेबल डेभलपमेन्ट सोलुसन नेटवर्कको एकेडेमी पार्टनर भएकाले विद्यार्थीहरूले ९० देशमा गएर इन्टर्नसीप गर्ने मौका पाउने कट्टेलको भनाइ छ । 

राजु कट्टेल

युएन सस्टिनेबल डेभलपमेन्ट सोलुसन नेटवर्कबाट विद्यार्थी एसडीजी एम्बास्डर प्रोग्रामको रूपमा ग्राजुएट हुन्छन् । यसले विद्यार्थीलाई ग्लोबल सिटिजन हुन मद्दत गर्ने कलेजको दावी छ ।

यस बाहेक कलेजमा डेडिकेटेड प्लेसमेन्ट सेल समेत रहेको छ, जसले विद्यार्थीलाई रोजगारीका लागि सहयोग गर्छ । कलेजमा इन्टर्नसीपका लागि ३० बढी कम्पनीसँग सहकार्य गरेको छ । साथै उनीहरूले कक्षा कोठामा आएर रियल वर्ल्डको बारेमा जानकारी दिन्छन् । 

कान्तिपुर सिटी कलेज आजभन्दा २५ वर्ष अगाडि स्थापना भएको हो । अहिले कान्तिपुर सिटी कलेजले सिल्भर जुभिली मनाउँदै छ ।

कान्तिपुर सिटी कलेजले बीसीए, बीआईटी, बीबीए, र बीई सिभिल र बीई कम्प्युटरका स्नातक तहका कार्यक्रमदेखि एमसीए, पीडीजीसीए र एमए एमसिजे सम्मका स्नातकोत्तर तहका कार्यक्रमबाट दक्षजनशक्ति उत्पादन गर्दै आएको छ । कान्तिपुर सिटी कलेजमा पढेका विद्यार्थी माइक्रोसफ्ट, अमेजन, भाइबरमा समेत काम गरिरहेका छन् । 

कलेजमा छुट्टै काउन्सिलिङ कक्षा, व्यवस्थित कम्प्युटर ल्याब, तालिम र सिपमुलक शिक्षक, डिजिटल लाइब्रेरी र विद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप लगायतका व्यवस्था रहेका छन् ।