कीवर्डहरू -

यूनियन पेसँगको सहकार्यमा खल्तीको क्यासब्याक मेला, हरेक क्युआर भुक्तानीमा १० प्रतिशत क्यासब्याक

यूनियन पेसँगको सहकार्यमा खल्तीको क्यासब्याक मेला, हरेक क्युआर भुक्तानीमा १० प्रतिशत क्यासब्याक

खल्तीले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना प्रयोगकर्ताहरूका लागि ‘क्यासब्याक मेला’ अफर उपलब्ध गराएको छ ।

यूनियन पेसँग सहकार्य गर्दै प्रदान गरिएको यस अफरमा खल्ती प्रयोगकर्ताहरूले तोकिएका  ब्राण्डहरूको १०० बढी आउटलेटहरूमा यूनियन पेको क्यूआर स्क्यान गरी भुक्तानी गर्दा थुप्रै क्यासब्याक प्राप्त गर्न सक्नेछन् । 

वैशाख ३० सम्म लागु हुने यस अफरमा  खल्ती प्रयोगकर्ताहरूले यूनियन पेको क्यूआर खल्तीमार्फत स्क्यान गरी छिटो र सरल तरिकाले भुक्तानी गर्दै १० प्रतिशत क्यासब्याकको लाभ समेत उठाउन सक्नेछन्।

विभिन्न मुभी हल, क्याफे र रेस्टुरेन्ट, स्वास्थ्य सेवा प्रदायक, फेसन ब्राण्ड, ट्राभल र एड्भेन्चर, डिपार्टमेन्टल स्टोरहरूका आउटलेटहरूमा भुक्तानी गर्दा उक्त क्यासब्याकको लाभ लिन सकिनेछ ।

आइ एन् आइ सिनेमा, न्यु म्यु, डल्ले, मोन्स्टर मिल, ई-फार्मेसी, मनकामना दर्शन लगायतका थुप्रै ब्राण्डहरूको आउटलेटहरूमा यस अफर उपलब्ध छ । साथै  अन्य थप ब्राण्डहरू पनि यस अफरमा जोडिने क्रम जारी नै छ ।