कीवर्डहरू -

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सुरू, पल्सर बाईकदेखि आईफोन १५ सम्म जित्ने अवसर

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सुरू, पल्सर बाईकदेखि आईफोन १५ सम्म जित्ने अवसर

नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को तेस्रो संस्करण सुरू भएको छ । 

तेस्रो संस्करण पहिलेको तुलनामा अझै परिस्कृत र अझै ठुलो, अझै धेरै अफर र उपहारका साथ ल्याएको खल्तीले जनाएको छ । 

यो अफर अन्तर्गत ५ जनाले पल्सर एनएस २०० एफआई एबीएसबाइक जित्न सक्ने छन् भने अन्य विजेताले आईफोन १५, अनर एक्स सेभेन बीस्मार्टफोन, वासिन्ङ मसिन, स्मार्ट टिभी, स्मार्टफोन, माउटेन फ्लाइट देखि ऐयर बडहरू जस्ता सयौँ उपहारहरू जित्न सक्नेछन् । 

यसका साथ हरेक खल्ती प्रयोगकर्ताहरूले आफ्नै प्रोमोकोड बनाई आफ्नो सञ्जालमा सेयर गर्न सक्नेछन् भने पहिले जस्तै हरेक दिन खुत्रुके र हरेक भुक्तानीमा स्क्र्याच कार्ड मार्फत उपहारहरू जित्ने मौका पाउनेछन् ।

जेठ १ गतेदेखि असार ३१ गतेसम्म सञ्चालन हुने २ महिनाको यस जात्रा अवधि ४ वटा राउन्डमा विभाजन गरिएको छ ।  प्रत्येक राउन्डमा खल्तीबाट कुनै पनि २ भुक्तानी पूरा गर्ने प्रयोगकर्ताहरू पल\सर एनएस २०० एफआई एबीएसको लागि ‘लक्की ड्र’मा सहभागी हुन योग्य हुनेछन्। 

हरेक राउन्डको अन्त्यमा एक भाग्यशाली विजेता घोषणा हुनेछ । चार वटै राउन्डहरूमा सहभागी हुने प्रयोगकर्ताहरूले बोनस राउन्डको पल्सर एनएस २०० एफआई एबीएसका लागी स्वतः सहभागी हुनेछन् र जित्न सक्नेछन्। तसर्थ, कुल मिलाएर प्रयोगकर्ताहरूका लागि पल्सर एनएस २०० एफआई एबीएसजित्ने ५ वटा मौकाहरू रहेका छन्। 

बोनस राउन्डमा पुग्ने प्रयोगकर्तामा १ जनाले पल्सर एनएस २०० एफआई एबीएस, १ जनाले गेमिङ ल्यापट, १ जनाले अनर एक्स सेभेन बी स्मार्टफोन जित्नेछन्। 

यस वर्षको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ मा खल्तीले ‘सेयर अ कोड’ नामक एक रमाइलो विशेष फिचर ल्याएको छ । खल्ती एप भित्र जात्रा पेजमा गएर प्रयोगकर्ताहरूले ‘Create’ ट्याप गरी आफूले चाहेको अक्षर र अंक राखेर आफ्नै प्रोमोकोड भएको कुपन बनाउन सक्नेछन् । सो कुपन सेयर गरी प्रयोगकर्ताहरू स्वयम् खल्ती इन्फ्लुन्सर बन्न सक्नेछन् ।

साथीभाइले प्रोमोकोड प्रयोग गरेर अफर र क्यासब्याकको लाभ लिन सक्नेछन् भने सेयर गर्नेलाई हरेक प्रयोगमा 10 खल्ती पोइन्ट्स प्राप्त हुनेछ साथमा हरेक हप्ता अनर एक्स सेभेन बीस्मार्टफोन जित्ने मौका मिल्नेछ । हरेक हप्तामा १ वटा प्रोमोकोड बनाएर सेयर गर्न मिल्नेछ भने  सो प्रोमोकोड ५ जनाले मात्र प्रयोग गर्न मिल्नेछ। अनर एक्स सेभेन बीस्मार्टफोन को ‘लक्की ड्र’ मा सहभागी हुन सो हप्ता ५ पटक नै प्रोमोकोड प्रयोग हुनु पर्नेछ ।

प्रयोगकर्ताहरूले खल्ती भित्रको जात्रा पेजमा गएर दैनिक रूपमा 'खुत्रुके' फुटाउन सक्नेछन् जसमा एक विशेष नम्बर प्राप्त हुनेछ। हरेक दिन ‘लक्की ड्र’ मार्फत एक भाग्यशाली नम्बरले वासिन्ङ मसिन, स्मार्ट टिभी, स्मार्टफोन, माउटेन फ्लाइट देखि ऐयर बडहरू जस्ता थप्रै उपहारहरू जित्न सक्नेछन् । खुत्रुके हरेक दिन Refresh हुनेछ: हरेक दिन नयाँ खुत्रुके र नयाँ खुत्रुकेमा नयाँ उपहार जित्ने मौका रहनेछ। 

जात्राको अर्को विशेषता डिजिटल स्क्र्याच कार्डलाई खल्तीले यस वर्ष पनि निरन्त्रता दिएको छ। खल्ती प्रयोगकर्ताहरूले रु. १०० भन्दा माथिको हरेक भुक्तानीमा डिजिटल स्क्र्याच कार्ड मार्फत विभिन्न किसिमका अफर र क्यासब्याकहरू प्राप्त गर्न सक्नेछन्।

यस बाहेक योजना  अवधिभर खल्तीबाट वर्ल्डलिंकको बिल भुक्तानी गर्दा एक जनाले ‘लक्की ड्र’ मार्फत आईफोन १५ विशेष उपहार जित्नेछन् । त्यसै गरी जात्रामा करिडौँ बराबरको अझै थुप्रै अफर र उपहारहरू उपलब्ध रहेका छन्।

यस जात्रा अफरका बारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यसपटक पनि अझै परिस्कृत र विशाल रूपमा प्रयोगकर्ता माझ पेमेन्ट जात्रा ल्याएको बताए ।

प्रयोगकर्ताहरूको सहज र सरल अनुभवका लागि खल्तीले आफ्नो एप भित्र जात्रा पेज निर्माण गरेको छ, जहाँ प्रयोगकर्ताहरूले आफ्नो भुक्तानी यात्रा हेर्न र ट्रयाक गर्न सक्नेछन् । 

एपमा रहेको यो भागले प्रयोगकर्ताको भुक्तानीको चरण र प्रत्येक राउन्डको प्रगति देखाउँछ। खुत्रुके फुटाउने र आफ्नै कोड बनाउने फिचर पनि जात्रा पेजमा उपलब्ध छ। यस जात्रा अफरमा सम्पूर्ण केवाईसी प्रमाणीकरण भएका खल्ती प्रयोगकर्ता सहभागी हुन सक्नेछन्।

केवाईसी प्रमाणीकरण नभएका प्रयोगकर्ताहरूले पनि केही मिनेटमै केवाईसी प्रमाणीकरण गराएर अफरमा सहभागी हुन सक्नेछन्।