कीवर्डहरू -

खल्ती डिजिटल वालेट ८ औं वर्षमा प्रवेश

खल्ती डिजिटल वालेट ८ औं वर्षमा प्रवेश

खल्ती डिजिटल वालेटले ८ औं वर्षमा प्रवेश गरेको छ ।  सबै नेपालीलाई वित्तिय पहुँच पुर्‍याउने उद्देश्यसहित सन् २०१७ जनवरी २६ मा खल्ती स्थापना भएको थियो ।

‘पैसाको नया ठेगाना’ भन्ने नाराका साथ सुरू भएको खल्ती आज धेरै प्रयोगकर्ताको रोजाइमा पर्न सफल भएको छ भने नगद बोक्नुपर्ने झन्झटलाई अन्त्य गर्न लागि परेको छ ।

खल्तीका सीईओ विनय खड्काले डिजिटल नेपालका लागि वित्तीय समावेशीकरणमा गर्ने यात्रामा सघाउने प्रयोगकर्ता, एजेन्ट, मर्चेन्ट, नियामक निकाय, बैंक तथा वित्तीय संस्था, सेवा प्रदायक तथा सबै सरोकारवालाहरूलाई धन्यवाद दिएका छन् । 

चार युवाको आईडियाबाट सुरू भएको खल्तीमा ३१ लाख भन्दा बढी प्रयोगकर्ता, १ लाख भन्दा बढी एजेन्ट, ६० हजार भन्दा बढी मर्चेन्ट, ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था,  १५०० भन्दा बढी सहकारीहरू र ३०० भन्दा बढी कर्मचारीको परिवारमा रूपान्तरण भएको छ ।

सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ ।