कीवर्डहरू -

केयू हल्ट प्राइजले आयोजना गरेको 'इम्प्याक्ट अपः स्टार्टअप एन्ड एसएमई मिट’ सम्पन्न

केयू हल्ट प्राइजले आयोजना गरेको 'इम्प्याक्ट अपः स्टार्टअप एन्ड एसएमई मिट’ सम्पन्न

काठमाडौं विश्वविद्यालय (केयू) हल्ट प्राइजले इनर्जाइज नेपाल र काठमाडौं युनिभर्सिटी बिजनेस इन्क्युबेशन सेन्टर (क्यूबिक) सँगको सहकार्यमा आयोजना गरेको ‘इम्प्याक्ट अपः स्टार्टअप एन्ड एसएमई मिट’ कार्यक्रम सम्पन्न भएको  छ । 

काठमाडौं विश्वविद्यालय धुलिखेलमा आयोजना भएको कार्यक्रममा २१ स्टार्टअप, एसएमई र केयू विद्यार्थीहरू लगायतको सहभागिता रहेको थियो ।

नेपालमा सामाजिक उद्यमशीलता, स्टार्टअप र एसएमईको इकोसिस्टमलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा प्रमुख अतिथिको उद्योग वाणिज्य महासंघ काभ्रेका उपाध्यक्ष कैलास पालंचोकी उपस्थित थिए ।

यसमा स्टार्टअप, उद्यमी, र विद्यार्थीहरूलाई ५-५ जनाको समूहमा विभाजित गरी उद्यमशीलता बारे राउन्ड टेबल छलफल समेत भएको थियो । यस बाहेक स्टार्टअप इकोसिस्टम, लगानी र नीतिका विषयमा प्यानल डिस्कसन समेत भएको जनाइएको छ । 

इम्प्याक्ट अप: स्टार्टअप र एसएमईहरू मिट कार्यक्रमले स्थानीय र राष्ट्रिय स्तरमा उद्यमी र स्टार्टअप लागि एउटा प्लेटफर्म प्रदान गरेको आयोजकको भनाइ छ ।