कीवर्डहरू -

बोटका लाखौं ग्राहकको डेटा डार्क वेबमा लीक

बोटका लाखौं ग्राहकको डेटा डार्क वेबमा लीक

यदि तपाईंले बोटका उत्पादनहरू प्रयोग गर्नुहुन्छ भने उत्पादन खरिद गर्दा बोटको साइटमा आफ्नो इमेल आईडी, सम्पर्क नम्बर र ठेगाना जस्ता जानकारी इन्टर गरेको हुनुपर्छ । तर अहिले एउटा ठूलो खबर बाहिर आएको छ ।  

एक रिपोर्ट अनुसार, ७.५ मिलियन बोट ग्राहकहरूको डाटा डार्क वेबमा लीक भएको छ । एक ह्याकरले ७५ लाखभन्दा बढी बोट ग्राहकको डाटा अब डार्क वेबमा रहेको दाबी गरेको छ । डार्क वेबमा उपलब्ध डाटामा नाम, ठेगाना, सम्पर्क नम्बर, इमेल आईडी र ग्राहक आईडी जस्ता व्यक्तिगत जानकारी समावेश छन् ।

ह्याकरले फोरममा करिब २ जीबी डाटा लीक गरेको बताइएको छ । फोर्ब्सको रिपोर्टका अनुसार अप्रिल ५ मा सोपिफाइ गाई नामक ह्याकरले अडियो उत्पादन र स्मार्टवाच बनाउने कम्पनी बोटको डाटा चोरी गरेको दाबी गरेको थियो ।

बोट लाइफस्टाइलले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन् । व्यक्तिगत डाटा लिकका कारण प्रयोगकर्ताको सुरक्षा खतरामा पर्न सक्ने विज्ञको भनाइ छ । यस्तो अवस्थामा आर्थिक ठगी र फिसिङका घटनाहरू बढ्न सक्ने छन् ।

सेक्युरिटी ब्रिगेडका संस्थापक यस कडाकियाले यस विषयमा कम्पनीले सबै प्रयोगकर्तालाई जानकारी गराउनु पर्ने बताउँछन् । कम्पनीले यो किन भयो र ह्याकरहरूले प्रयोगकर्ताको व्यक्तिगत डेटा कसरी पहुँच गर्यो भनेर अनुसन्धान गर्नुपर्छ भनेर उनको भनाइ छ ।