कीवर्डहरू -

दुई वा बढी प्रयोगकर्ताले एउटै पोस्ट गर्न पाउने लिंक्डइनको नयाँ सुविधा

दुई वा बढी प्रयोगकर्ताले एउटै पोस्ट गर्न पाउने लिंक्डइनको नयाँ सुविधा

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म लिंक्डइनले प्रयोगकर्ताहरूलाई संयुक्त रूपमा सामाग्री प्रकाशन गर्न सकिने नयाँ ‘कोल्याबोरेटिभ पोस्ट’ फिचर सार्वजनिक गरेको छ । यस सुविधामार्फत दुई वा बढी प्रयोगकर्ताले एउटै पोस्टमा सहकार्य गरी आफ्ना विचार, उपलब्धि वा परियोजनाहरू साझा गर्न सक्नेछन् ।

नयाँ फिचर पोस्ट तयार गर्ने क्रममा उपलब्ध हुने ‘एड कोल्याबोरेटर्स’ विकल्पमार्फत प्रयोग गर्न सकिनेछ । प्रयोगकर्ताले आफ्नो पोस्टमा अन्य लिंक्डइन सदस्य वा कम्पनी पेजलाई सह–सर्जक ९को–क्रिएटर० का रूपमा आमन्त्रण गर्न सक्नेछन् । आमन्त्रित व्यक्तिले स्वीकृति दिएपछि पोस्ट दुवै पक्षको प्रोफाइलमा देखिने व्यवस्था रहनेछ ।

लिंक्डइनका अनुसार कुनै नयाँ उत्पादन सार्वजनिक गर्दा, व्यापारिक साझेदारी घोषणा गर्दा, कम्पनीको उपलब्धि बाँड्दा वा संयुक्त परियोजनाको नतिजा प्रस्तुत गर्दा धेरै व्यक्तिको योगदान रहने गर्छ। नयाँ फिचरले त्यस्ता योगदानकर्तालाई एउटै पोस्टमार्फत मान्यता दिन र उपलब्धिलाई सामूहिक रूपमा प्रस्तुत गर्न सहयोग पुर्‍याउनेछ ।

यस प्रकारका पोस्टमा सहभागी सबै कोल्याबोरेटरहरूको नाम पोस्टको माथिल्लो भागमा देखिनेछ, जसले पोस्टको पहुँच र संलग्नता ९इन्गेजमेन्ट० समेत बढाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

कम्पनीले हाल केही क्रिएटर र ब्रान्डहरूसँग यो सुविधाको परीक्षण गरिरहेको जनाएको छ । परीक्षण सफल भएपछि आगामी महिनाहरूमा यसलाई विश्वभरका प्रयोगकर्ताका लागि विस्तार गरिनेछ ।

कोल्याबोरेटिभ पोस्ट फिचर लिंक्डइनले क्रिएटर इकोसिस्टमलाई बलियो बनाउने रणनीतिअन्तर्गत ल्याएको पछिल्लो अपडेट हो । हालै कम्पनीले ‘क्रिएटर मार्केटप्लेस’ पनि सुरु गरेको छ, जसले ब्रान्ड र कन्टेन्ट क्रिएटरबीच सहकार्यको अवसर सिर्जना गर्छ ।

लिंक्डइनको विश्वास छ कि नयाँ सुविधाले प्रयोगकर्तालाई नियमित रूपमा सामाग्री सिर्जना गर्न प्रेरित गर्नुका साथै ब्रान्डहरूलाई व्यक्तिगत नेटवर्कमार्फत ठूलो समुदायसम्म पुग्न थप सहज बनाउनेछ ।