कीवर्डहरू -

बिजसर्भ आइटी स्वीफ्टको सीएसपी सर्टिफाइड एसेसरमा सूचीकृत, नेपालका लागि पहिलो सूचीकरण

बिजसर्भ आइटी स्वीफ्टको सीएसपी सर्टिफाइड एसेसरमा सूचीकृत, नेपालका लागि पहिलो सूचीकरण

नेपाली कम्पनी बिजसर्भ आइटीले अन्तर्राष्ट्रिय वित्तीय सञ्चार संस्था स्वीफ्टको ग्राहक सुरक्षा कार्यक्रम (सीएसपी) अन्तर्गत सर्टिफाइड एसेसरको मान्यता प्राप्त गरेको छ। कम्पनीले सन् २०२४ मा स्वीफ्टले तोकेका सबै मापदण्ड र सर्तहरू पूरा गरेपछि यो सूचीकरण पाएको हो। यस उपलब्धिपछि बिजसर्भ आइटी विश्वभर स्वीफ्ट सीएसपी एसेसमेन्टका लागि विश्वासिलो सेवा प्रदायकको रूपमा मान्य भएको छ।  

यस वर्षको सुरुवातमा स्वीफ्टले सर्टिफाइड एसेसरका लागि मापदण्ड कडा बनाउँदै, कम्तीमा दुईजना सीएसपी एसेसर सर्टिफिकेसन प्राप्त पेशेवर नियुक्त गर्नुपर्ने नयाँ नीति लागू गरेको थियो। यी मापदण्ड पालना गर्दै बिजसर्भ आइटी नेपालमा स्वीफ्टको पहिलो सर्टिफाइड एसेसरको रूपमा सूचीकृत भएको हो।

हालसम्म विश्वभरमा जम्मा ४८ संस्थाले मात्र यो सर्टिफिकेसन प्राप्त गरेका छन्। बिजसर्भ आइटीको यो उपलब्धिले नेपालका वित्तीय क्षेत्रका लागि महत्त्वपूर्ण मानेको छ, किनकि यसले कम्पनीलाई विश्वस्तरीय सुरक्षा मूल्याङ्कन सेवाका लागि मार्ग प्रशस्त गर्नेछ।