कीवर्डहरू -

वैदेशिक रोजगारमा जानेलाई आईएमई पेबाटै बिना धितो डेढलाखसम्म कर्जा सुविधा

वैदेशिक रोजगारमा जानेलाई आईएमई पेबाटै बिना धितो डेढलाखसम्म कर्जा सुविधा

वैदेशिक रोजगारीमा जानेले अब डिजिटल वालेट आईएमई पेबाटै डिजिटल कर्जा लिन सक्ने भएका छन् । ग्लोबल आईएमई बैंकसँगको सहकार्यमा आईएइमई पेले ‘डिजी लोन’ सेवा सुरू गरेको हो । 

विदेश जान तयार रहेकाहरूलाई लक्षित गर्दै डिजी लोन सेवालाई परीक्षणको रूपमा सुरू गरिएको आईएमई पेका सीईओ प्रविण रेग्मीले बताए । डिजी लोन बिना धितो लिन सकिने छ । यसका लागि वैदेशिक रोजगारीमा जान तयार रहेको भनेर श्रम स्वीकृत र बीमा गरेको कागजात पेश गर्नुपर्नेछ । 

यसबाट खाडी मुलक जानेलाई ५० हजार र अन्य देशमा जानेलाई १ लाख ५० हजारसम्म कर्जा उपलब्ध हुनेछ । यो कर्जा १२.८० प्रतिशतको स्थिर ब्याजदरमा पाइनेछ । कर्जाको अविधि १८ महिना तोकिएको छ । आईएमई पेबाट डिजी लोन लिन ग्लोबल आईएमई बैंकको खाता वालेटमा लिंक गर्नुपर्नेछ । 

नेपाल, भारत र भुटान बाहेक मलेशिया, साउदी अरब, कतार, ओमान, यूएई, जापान, दक्षिण कोरिया र अन्य प्रचलित गन्तव्यहरूमा वैदेशिक रोजगारीका लागि जानेहरुलाई प्राथमिकताका आधारमा कर्जा उपलब्ध हुनेछ । 

साथै वैदेशिक रोजगारबाट रेमिट्यान्स पठाउँदा ग्लोबल आईएमई बैंक अकाउन्टमा पैसा पठाएर सहजै कर्जा चुक्ता गर्न सकिने छ ।