कीवर्डहरू -

सस्तो फ्लाईट खोज्दै हुनुहुन्छ ? गूगल फ्लाईटले गर्न सक्छ सहयोग

सस्तो फ्लाईट खोज्दै हुनुहुन्छ ? गूगल फ्लाईटले गर्न सक्छ सहयोग

फ्लाइटमा यात्रा गर्न कसलाई मन पर्दैन् र । त्यसमाथि सस्तो उडान भयो भने झन् कति  सहज ? यदि तपाई पनि सस्तो फ्लाईटको खोजीमा हुनुहुन्छ भने गूगल फ्लाईट तपाईलाई सहयोग गर्नेछ ।

गूगलले सन् २०११ मा गुगल फ्लाइट्स सुरु गरेको थियो । गूगलले अहिलेसम्म आफ्नो एप लन्च गरेको छैन तर यसलाई गूगल डटकम/ट्राभल/फलाइट्सबाट पहुँच गर्न सकिन्छ । गुगल फ्लाइटको सेवा हाल वेबमा मात्र उपलब्ध छ, यद्यपि तपाईंले मोबाइलमा पहुँच गर्न कुनै समस्याको सामना गर्नुपर्दैन् ।

तपाईं मध्ये धेरैलाई गूगल फलाईट्सबारे पनि थाहा होला । जब तपाई गुगलमा फलाईटको बारेमा खोजी गर्नुहुन्छ, पहिलो नतिजा प्राय गुगल फ्लाईट्स नै आउँछ ।

गूगल फलाईट्समा गएर तपाईंले मिति, एयरपोर्ट, प्रस्थान समय आदिको आधारमा उडानहरू खोज्न सक्नुहुन्छ । यसले मूल्य ग्राफ देखाउँछ जसको मद्दतले तपाइँ एकै ठाउँमा सबै उडानहरूको टिकट मूल्य हेर्न सक्नुहुन्छ । गूगल फलाईटले अर्को केही महिनाको मूल्य ग्राफ पनि देखाउँछ, जसले सस्तोमा टिकट बुकिङ गर्न मद्दत गर्छ ।

गूगल फ्लाइटले तपाईंलाई कहिले यात्रा गर्ने र टिकट सस्तो हुनेछ भनी पनि बताउँछ । यदि तपाईं पनि नियमित रूपमा उडानबाट यात्रा गर्नुहुन्छ भने, तपाईंले गूगल फलाईट्स प्रयोग गर्नु उत्तम हुन्छ ।