कीवर्डहरू -

जेनेरेटिव एआईलाई प्रयोग गरेर म्यालवेयर संक्रमित कोड बनाइँदै

जेनेरेटिव एआईलाई प्रयोग गरेर म्यालवेयर संक्रमित कोड बनाइँदै

आर्टिफिशियल इंटेलिजेन्स (एआई) बिस्तारै मानिसहरूको लागि समस्या बन्न थालेको छ । सबैभन्दा ठूलो समस्या जेनेरेटिव एआईसँग भइरहेको छ । जेनेरेटिव एआईको प्रयोग ठूलो स्तरमा राम्रो कार्यहरूको लागि भइरहेको छ भने त्यसभन्दा पनि ठूलो स्तरमा नराम्रा कार्यहरूका लागि भइरहेको छ । ह्याकरहरूले जेनेरेटिव एआईको धेरै प्रयोग गरिरहेका छन् ।

जेनेरेटिव एआईको सबैभन्दा धेरै प्रयोग कोड र प्रोग्रामिङका लागि भइरहेको छ।  हालै आएको एक रिपोर्टमा दाबी गरिएको छ कि ह्याकरहरूले जेनेरेटिव एआईको सहयोगमा केही मिनेटमै सयौं लाइनहरूको कोड लेखिरहेका छन् र ती कोडहरूको प्रयोग मानिसहरूको सिस्टममा म्यालवेयर हाल्न प्रयोग गरिरहेका छन् ।

रिपोर्टमा भनिएको छ कि ह्याकरहरूले फ्रेन्च बोल्ने मानिसहरूलाई निशाना बनाएर एक दुर्भावनापूर्ण अभियान चलाएका छन् । यस अभियान अन्तर्गत ह्याकरहरूले मानिसहरूको स्क्रीन र कीस्ट्रोकहरू एक्सेस र रेकर्ड गर्नको लागि उनीहरूको सिस्टममा असिक्नरयाट नामक म्यालवेयर हालिदिएका थिए । 

रिपोर्ट अनुसार, यस म्यालवेयरमा भिबिस्क्रीप्ट र जाभास्क्रीप्ट प्रोग्रामिङ भाषाहरूमा कोड लेखिएको थियो र यसलाई जेनेरेटिव एआई टूलहरुको सहयोगमा बनाइएको थियो । स्क्रिप्टको संरचना, कोडका प्रत्येक पंक्तिलाई बुझाउने कमेन्ट, र स्थानीय भाषामा फंक्शन नाम र भेरिएबलहरूको चयनले पुष्टि गर्छ कि यो म्यालवेयर बनाउन थ्रेट एक्टरले जेनेरेटिव एआईको प्रयोग गरेको हो । यस रिपोर्टले यो स्पष्ट पारेको छ कि जेनेरेटिव एआईको सहयोगमा म्यालवेयर बनाउन र कसैलाई निशाना बनाउन कति सजिलो भएको छ ।