कीवर्डहरू -

एन्ड्रोइडमा फैलियो बैंक अकाउन्ट नै रित्याइदिने मालवेयर

एन्ड्रोइडमा फैलियो बैंक अकाउन्ट नै रित्याइदिने मालवेयर

एन्ड्रोइडमा प्रयोगकर्ताहरूको निजी जानकारी चोर्ने मालवेयर फैलिएको छ  । ​​​​​क्लीफी नामक साइबर सुरक्षा फर्मले एन्टिभाइरस जस्तै देखिने बिंगोमोड मालवेयर प्रयोगकर्ताहरूको बैंक खाता नै रित्याइदिन सक्ने चेतावनी दिएको हो । 

यसले विभिन्न ठगी गर्ने तरिका अपनाएर बैंक खाताबाट पैसा चोरी गर्ने अनुसन्धानकर्ताहरूले बताएका छन् । मालवेयरले प्रयोगकर्तालाई फसाउनका एसएमएस पठाउँदै नक्कली एप डाउनलोड गर्न भन्छ । त्यसपछि बिंगोमोड एप मोबाइल सेक्युरिटी एप जस्तै नाम र लोगोसहित फोनमा इनस्टल हुन्छ । 

एप इन्स्टल गर्दा यसले विभिन्न अनुमति माग्छ । अनुमति दिएपछि यसले त्यसको फाइदा उठाउँदै लगइन जानकारी चोर्ने, स्क्रिनशट लिने र एसएमएस इन्टरसेप्ट गर्ने बताइएको छ । 

यदी तपाईको मोबाइलमा बिंगोमोड एप डाउनलोड गर्नुभएको छ भने यसबाट बच्न आजै डिलिट गर्नुहोस् । कुनै पनि लिंकमा भूलेर पनि क्लिक नगर्नुहोस् । यसैगरी कुनै पनि नक्कली वेबसाइटबाट एप इन्स्टल गर्ने गल्ती नगर्नुहोस् ।

अनजान नम्बरबाट कल वा सन्देश आएमा त्यसको एक पटक जाँच गर्नुहोस् कि कतै तपाईंलाई फसाउने प्रयास त हुँदै छैन् । केही पनि संकास्पद लागेमा तुरुन्तै त्यसको उजुरी गर्नुहोस् ।