एमएडब्लू हायर पर्चेजले ल्यायो मोबाइल एप, अब एपबाटै किस्ता भुक्तानीदेखि विवरणसम्म थाहा पाउन सकिने
एमएडब्लू हायर पर्चेज प्रालि (एमएचपीएल) ले आफ्ना ग्राहकहरूका लागि मोबाइल एप ल्याएको छ । डिजिटल युगमा ग्राहकलाई डिजिटल सेवा प्रदान गर्न कम्पनीले 'एमएचपीएल एप' ल्याएको हो ।
ग्राहकहरुको सेवामा सहजता प्रदान गर्नका लागि एप एउटा कौसाढुंगा सावित हुने कम्पनीले बताएको छ ।
एमएचपीएलु एपको सुरुवात भएसँगै अब ग्राहकहरुका लागि कर्जा भुक्तानीको कारोबार डिजिटल रुपमा गर्नका लागि एक सुविधाजनक विकल्प उपलब्ध हुनेछ ।
अब आफ्नो कर्जाको अवस्था जान्नका लागि ग्राहकहरुले भौतिक रुपमै उपस्थित हुनुपर्ने पुरानो बाध्यता पनि हट्ने छ। एमएचपीएलले गहिरो अध्ययन र उपभोक्ताहरुको आवश्यकतालाई ध्यानमा राखी यो एप ल्याएको जनाएको छ ।
एपमा कर्जा विवरणहरुको जानकारी र बाँकी सावा रकम को भुक्तानी तालिका, एपभित्र सुरक्षित र सुविधाजनक ईएमआई भुक्तानीका विद्युतीय विकल्पहरु उपलब्ध, कर्जा अवस्थाको जानकारीको रियल टाइम नोटिफिकेसन लगायतका सुविधा छन् ।
काठमाडौँमा आयोजित एक औपचारिक कार्यक्रममा एमएडब्लू गुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु अग्रवाल र एमएचपिलएलका महाप्रबन्धक प्राणनाथ भट्टराईले 'एमएचपीएल एप'को सुरुवात गरेका हुन् ।
एमएचपीएलका महानिर्देशक प्राणनाथ भट्टराईले ग्राहकसँग अझै बढी डिजिटल र प्रभावकारी ढंगले जोडिनका लागि एप एउटा कोसेढुंगा सावित हुने बताए ।
'एमएचपीएल एप मार्फत् अब ग्राहकहरुले आफ्ना कारोबारको रियल टाइम इनसाइटहरु प्राप्त गर्न सक्नेछन्। यो त केवल सुरुवात हो,' उनले भने, 'हामी बजारको मागलाई सम्बोधन गर्दै एपका सुविधाहरुलाई अझै समृद्ध बनाउन निरन्तर प्रतिबद्ध छौं ।'
एमएचपीएल एमएडब्लू ग्रुपद्वारा प्रवर्धित र नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त हायर पर्वेज क्षेत्रको एक चिरपरिचित नाम हो । कम्पनीले देशभरका ३० हजारभन्दा बढी ग्राहकहरुलाई आफ्नो सेवा प्रदान गरिसकेको छ । यसले हालसम्म आफ्नो व्यापक संजाल मार्फत् नेपालभर कुल १० अर्व १९ करोड रुपैयाँको कर्जा प्रवाह गरिसकेको छ।
एमएचपीएलले दुई पाइनो सवारीसाधन, ईभी र फोसिल फ्युल लाग्ने दुवैखाले अटोमोबाइलहरू, सेकेण्ड ह्याण्ड कारहरु, व्यापारिक सवारीसाधनहरू इभी र फोसिल फ्यूल इन्धन, भारी र कृषि उपकरणहरुलाई ऋण उपलब्ध गराउँछ ।
संस्थाले देशको अर्थतन्त्रलाई अगाडि बढाउन मद्दत गर्ने हेतुले स्वरोजगार सिर्जना गर्न विभिन्न उद्यमहरुलाई ऋण उपलब्ध गराउने कार्यलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको छ।