कीवर्डहरू -

एमडीएमएस खरिदमा भ्रष्टाचार, २ जना पूर्व अध्यक्षसहित १९ जना विरूद्ध मुद्दा दायर

एमडीएमएस खरिदमा भ्रष्टाचार, २ जना पूर्व अध्यक्षसहित १९ जना विरूद्ध मुद्दा दायर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको आरोपमा विशेष अदातलमा मुद्दा दायर गरेको छ । 

आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा, पुरुषोत्तम खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्द राज खनालसहित १९ जनाविरूद्ध मुद्दा दायर गरेको हो । 

प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरुषोत्तम प्रसाद खनाल, वरिष्ठ निर्देशक आनन्द राज खनालसहित मिन प्रसाद अर्याल, विनोद चन्द्र श्रेष्ठ, दिपेश आचार्य, सुरेन्द्रलाल हाडा, रेवती राम पन्थ,संदिप अधिकारी, सूर्य प्रसाद लामिछाने, अच्युता नन्द मिश्र, विजय कुमार राय यादव, प्रतिक्षा पौडेल, निराजन लगायत १९ जनाविरूद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गरिएको छ ।