कीवर्डहरू -

मेटाले समुद्रमुनि ५० हजार किलोमिटरभन्दा लामो फाइबर केबल बिछ्याउँदै, पाँच महादेशलाई जोड्ने

मेटाले समुद्रमुनि ५० हजार किलोमिटरभन्दा लामो फाइबर केबल बिछ्याउँदै, पाँच महादेशलाई जोड्ने

मेटाले ‘प्रोजेक्ट वाटरवर्थ’ नामक ५० हजार किलोमिटरभन्दा लामो समुद्री केबल निर्माण गर्न लागेको पुष्टि लागेको छ । यसले पाँच महादेशहरूलाई जोड्नेछ । गत वर्ष यो परियोजना सुरुवाती चरणमा रहेको हल्ला चलेको थियो ।

यसअघि मेटाले अन्य केबल परियोजनामा साझेदारी गरेको भए पनि, यो पहिलो पटक हो जब कम्पनीले पूर्ण रूपमा स्वामित्व लिने समुद्री पूर्वाधार निर्माण गर्दैछ । यो परियोजना अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा भूमिमा जोडिनेछ । प्रविधिगत रूपमा पनि यो परियोजना नयाँ उपलब्धि हासिल गर्ने दाबी गरिएको छ । 

मेटाका अनुसार, वाटरवर्थ विश्वकै सबैभन्दा लामो २४-फाइबर-पेयर केबल परियोजना हो, जसलाई ‘पहिलो पटकको अनौठो मार्ग’ अपनाएर समुद्रमा ७ हजार मिटर गहिराइसम्म पुर्‍याइनेछ । यदि केबल पर्याप्त गहिराइमा नराखिएमा, समुद्री खतराहरू जस्तै नाउहरूबाट खस्ने वा तानिने एंकरहरूले स्थायी क्षति पुर्याउन सक्छन्, जसले इन्टरनेट सेवामा अवरोध ल्याउने सम्भावना रहन्छ ।

मेटाले केबल कसरी प्रयोग गर्ने भन्ने बारे विस्तृत जानकारी दिएको छैन । तर, कम्पनीले उल्लेख गरे अनुसार समुद्री केबल डिजिटल सञ्चार, भिडियो अनुभव, अनलाइन कारोबार, र थप सेवाहरू सक्षम बनाउने छ । साथै, उच्च गतिको जडान एआई (कृत्रिम बुद्धिमत्ता) इन्नोभेसनको लागि आवश्यक रहेको छ ।

मेटाका सेवा तथा प्लेटफर्महरूले विश्वभर स्थिर इन्टरनेट प्रयोगको झण्डै १० प्रतिशत र मोबाइल ट्राफिकको २२ प्रतिशत ओगट्ने भएकाले, कम्तीमा पनि कम्पनीका हालका व्यवसायहरूलाई स्थिर जडानबाट फाइदा पुग्ने देखिन्छ ।

प्रधानमन्त्री मोदीले अमेरिका भ्रमण गरेपछि जारी भएको अमेरिका-भारत संयुक्त विज्ञप्तिमा यो घोषणालाई स्वागत गरिएको उल्लेख छ । साथै, भारतले हिन्द महासागरमा समुद्री केबलहरूको वित्तीय सहायता, मर्मत, र सम्भार गर्न मद्दत गर्ने योजना बनाइरहेको पनि बताइएको छ । तर, मेटाका प्रवक्ताले भारत वाटरवर्थ परियोजनाको वित्तीय पक्षमा संलग्न नभएको स्पष्ट पारेका छन् ।