कीवर्डहरू -

२५ सेप्टेम्बरमा मेटा कनेक्ट २०२४, सार्वजनिक हुनेछन् क्वेस्ट ३ एसभीआर र अरिअन एआर ग्लास

२५ सेप्टेम्बरमा मेटा कनेक्ट २०२४, सार्वजनिक हुनेछन् क्वेस्ट ३ एसभीआर र अरिअन एआर ग्लास

मेटाको वार्षिक इभेन्ट मेटा कनेक्ट २०२४, २५ सेप्टेम्बरमा आयोजना हुँदैछ । यो मेटाको ठूलो वार्षिक कार्यक्रम हो, जहाँ नयाँ हार्डवेयर र एआई पावर्ड प्रडक्टहरू सार्वजनिक हुन्छन् ।

यस इभेन्टमा कम्पनीले वेयरेबल टेक बजारमा थुप्रै नयाँ डिभाइसहरू ल्याउन सक्ने अनुमान गरिएको छ ।

मेटा कनेक्ट २०२४ इभेन्ट फेसबुकमार्फत प्रत्यक्ष हेर्न सकिने छ । इभेन्टमा एआर÷भिआर डिभाइस सार्वजनिक गर्ने बताइएको छ । यस बाहेल च्याटबोट लामा ३.१ को नयाँ संस्करण ओपन–सोर्स मोडेलसहित ल्याउन सक्ने जनाइएको छ । 

अरिअन एआर ग्लास 

मेटाले आफ्नो इभेन्टमा पहिलो अग्मेन्टेड रियालिटी (एआर) ग्लास प्रस्तुत गर्ने अनुमान गरिएको छ । कम्पनीले यसलाई आन्तरिक रूपमा ‘अरियन एआर ग्लास’ नाम दिएको छ । यससँग सम्बन्धित लीक रिपोर्टहरूका अनुसार, यो मेटा क्वेस्ट जस्तै फिचरहरूसहित सीमलेस अग्मेन्टेड रियालिटी अनुभव प्रदान गर्नेछ । यसमा होलोग्राफिक डिस्प्ले, माइक्रोफोन, क्यामेरा, र एआई इन्टिग्रेशन हुनेछ ।  

मेटाले यस डिभाइसको लागि रे–ब्यानको पेरेन्ट कम्पनी एसिलर लक्जोटिकासँग साझेदारी गरेको छ । कम्पनीले यसलाई प्रिमियम मूल्यमा सार्वजनिक गर्नेछ ।

मेटा क्वेस्ट थ्री एस 

एप्पल भिजन प्रो पछि मेटाले किफायती भिआर हेडसेट क्वेस्ट ३ एस सार्वजनिक गर्ने घोषणा गरेको थियो । यस हेडसेटले क्वेस्ट २ लाई प्रतिस्थापन गर्नेछ । यसलाई १२८ जीबी स्टोरेजसहित ल्याइने बताइएको छ ।

नयाँ मेटा–रेब्यान स्मार्ट ग्लास  

इभेन्टमा कम्पनीले मेटा–रेब्यान स्मार्ट ग्लास सार्वजनिक गर्न लागेको छ । नयाँ डिभाइस अघिल्लोको तुलनामा स्लिक डिजाइन, राम्रो ब्याट्री लाइफ, सुधारिएको अडियो प्रदर्शन र एआई क्षमताहरूका साथ सार्वजनिक हुनेछ ।