कीवर्डहरू -

एमआईटी कलेज : नेपालमै अमेरिकन डिग्री, प्रोफेसनल सीप र उद्यमी माइन्डसेटमा जोड

एमआईटी कलेज : नेपालमै अमेरिकन डिग्री, प्रोफेसनल सीप र उद्यमी माइन्डसेटमा जोड

नेपालबाट विदेश पढ्न जाने विद्यार्थीको संख्या दिनानुदिन बढ्दो क्रममा छ । कक्षा १२ सम्मको पढाइ पूरा गरेपछि उच्च शिक्षा अध्ययन गर्न दैनिक हजारौं विद्यार्थी विदेश गइरहेका छन् । 

यो समस्यालाई नेपालको एक उत्कृष्ट शैक्षिक संस्थाको रूपमा परिचित केएमसी एजुकेसनल नेटवर्कले पनि नजिकबाट नियालिरहेको थियो । कक्षा १२ पछि विद्यार्थीहरू विदेशिने क्रम क्रमशः बढ्दै गएको देखेपछि केएमसी ग्रुप चिन्तित भयो र नेपालको विदेशी र गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने निधो गर्यो । 

केएमसीमा पढ्ने अधिकांश विद्यार्थी र उनीहरूका अभिभावकको चाहना पनि त्यही थियो । नेपालमै विदेशी शिक्षा पढ्ने वातावरण सिर्जना गर्न केएमसीले भूमिका खेलोस भन्ने अभिभावक र विद्यार्थीको चाहनाले केएमसीलाई अझै हौसला दियो, अनि सन् २०२३ मा सुरू भयो केएमसी एजुकेसन ग्रुप अन्तर्गत मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) कलेज । 

नेपालमै विश्वस्तरीय मान्यता पाएको अमेरिकन डिग्री प्रदान गर्न एमआईटी कलेज सुरू भएको कलेजका अध्यक्ष सुरेन्द्र सुवेदीले बताए । 

‘एमआईटी कलेज केएमसी एजुकेसनल नेटवर्कको सबैभन्दा कान्छो सदस्य हो,’ सुवेदीले आईसीटी समाचारसँग भने, ‘अमेरिकन डिग्री नेपालमै पढ्न केएमसीले भूमिका खेलिदिनु पर्‍यो भन्ने इच्छा विद्यार्थी र अभिभावकबाट प्रकट भएपछि एमआईटी सञ्चालनमा ल्याएका हौं ।’

एमआईटी कलेजले अमेरिकाको लस एन्जलसस्थित इन्टरनेशनल अमेरिकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ, जुन अमेरिकाको अक्रिडेटेड विश्वविद्यालय हो । 

एमआईटीमा अहिले बीबीए, बीआईटी र एमबीए कोर्षहरू सञ्चालन हुँदै आएका छन् । भविष्यमा नयाँ नयाँ कोर्ष पनि सुरू गर्ने कलेजको योजना छ । कलेजले शिक्षा मन्त्रालय अनुमति पाएको छ भने त्रिभुवन विश्वविद्यालयबाट समक्षता प्राप्त गरेको छ । 

नेपालमै अमेरिकन डिग्री 

अमेरिकाको उत्कृष्ट विश्वविद्यालय, इन्टरनेशनल अमेरिकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एमआईटी कलेजले नेपालमै सस्तो र गुणस्तरीय अमेरिकन डिग्री प्रदान गर्दै आएको छ ।

राजधानीको मध्यभाग बागबजारमा सञ्चालित कलेजले विदेशी शिक्षाका नाममा बाहिरिने नेपाली विद्यार्थीलाई रोक्न खोजेको छ । यसले देशको अर्थतन्त्रमा समेत योगदान दिने कलेजको विश्वास छ । 

नेपालमै विदेशी शिक्षा प्रदान गर्दा शिक्षाका नाममा विदेशीने विद्यार्थी रोक्न सक्ने र देशको अर्थतन्त्रमा केही योगदान दिन सक्ने सुवेदीको भनाइ छ । ‘नेपालको पैसा विदेश भनेको विश्वविद्यालयलाई तिर्ने शुल्क १६०० डलर मात्रै हो । अरू सबै शुल्क एमआईटीमा नै रहन्छ,’ उनले भने । 

null

बीबीए, बीआईटी र एमबीए कोर्षको शुल्क पनि नेपाली विश्वविद्यालयले लिने जस्तै भएको कलेजको दावी छ । विदेशी डिग्री भन्ने बित्तिकै धेरैको सोच महंगो भन्ने हुन्छ तर एमआईटीले लिने शुल्क नेपालका अन्य कलेजले लिने शुल्क जस्तै तोकिएको कलेजले जनाएको छ । 

राजधानीको मध्यभाग बागबजारमा सञ्चालित एमआईटी कलेजमा विद्यार्थीलाई क्रेडिट ट्रान्सफरको समेत सुविधा रहेको छ । विद्यार्थीहरू स्नातकको ४ वर्षे कोर्ष २ वर्ष नेपाल र बाँकी २ वर्ष अमेरिकामा गएर पढ्न सक्ने उनी बताउँछन् ।

‘अमेरिकन प्रणाली थाहा भएपछि विद्यार्थीलाई अमेरिका गएर पढ्दा पनि सहज हुन्छ,’ सुवेदी थप्छन्, ‘हाम्रो चाहना भनेको सकेसम्म ब्याचलर्स नेपालमै गरून भन्ने हो ।’

एमआईटी कजेलमा बीबीएको पढाइ ८ लाख रूपैयाँ भित्रमा सकिन्छ । बीआईटी ९ लाख ४० हजारमा र ६ लाख ४० हजार रूपैयाँ जतिमा एमबीए कोर्ष अध्ययन गर्न सकिन्छ । यो शुल्क भनेको नेपालकै विश्वविद्यालयहरूले लिने जस्तै भएको सुवेदीको धारणा छ । 

एमआईटीमा स्नातक तह पढ्ने विद्यार्थी २ वर्ष नेपालमा पढेर बाँकी २ वर्ष अमेरिकामै पढ्न सक्ने छन् । इन्टरनेशनल अमेरिकन विश्वविद्यालय बाहेक अन्य विश्वविद्यालयमा पढ्न जाँदा पनि धेरै विषय मेल खाने  नमिलेका विषयमा टपअप कोर्ष पढ्न सकिने छ । 

२ वर्षपछि विदेशमा पढ्न जानका लागि कलजेको इन्टरनेशनल प्लेसमेन्ट सेलले सघाउने छ । 

भर्ना प्रक्रिया  

कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थी एमआईटी कलेजमा पढ्न सक्छन् । एमआईटी कलेजमा पढ्न केही मापदण्ड तोकिएको छ । एमआईटीमा अमेरिकन डिग्री पढाइ हुने भएकाले सुरूमा यहाँ पढ्न अंग्रेजी भाषा आउनु पर्छ । त्यसका लागि आयल्स, टोफेल, डुओलिङ्गोको प्रमाणपत्र वा प्लस टु अंग्रेजी माध्यममा पढेको भनेर कलेजले प्रमाणीत गरेको हुनुपर्नेछ । 

यति भएपछि विद्यार्थीको भर्ना प्रक्रिया अगाडि बढ्छ र सबै डकुमेन्ट कम्पाइल गरेर विश्वविद्यालयमा कलेजले भर्नाको फाइल पठाउने छ । त्यसपछि विश्वविद्यालयको पठाइएको फाइल अध्ययन गर्छ र केही डकुमेन्ट अपुग वा अस्पष्ट भएमा विद्यार्थीलाई इमेल गर्नेछ । 

कम्प्युटर ल्याब

विद्यार्थीलाई कुन कोर्ष पढ्दा उत्तम हुन्छ भनेर कलेजले करियर म्यापिङ र गाइडेन्सको समेत व्यवस्था गरेको छ । यसले गर्दा आफुले चाहेको विषयमा छनौट गर्न सहयोग हुने कलेजको विश्वास छ ।  

अमेरिकीन विश्वविद्यालयले वर्षको ४ पटकसम्म भर्ना गर्न दिन्छ । तर नेपालको शैक्षिक प्रणाली वार्षिक परीक्षामा आधारित हुने भएकाले वर्षको ३ पटकसम्म भर्ना लिने गरेको सुवेदीले जानकारी दिए । ‘विद्यार्थीहरू भर्ना प्रक्रिया चलिरहेको अवस्था बाहेक अन्य अवस्थामा पनि १ वर्ष ६ महिना पर्खिनु पर्छ भन्ने छैन्,’ उनले भने, ‘हामीसँग सम्पर्कमा आउनुभएको ३ महिनामा तपाईको भर्ना प्रक्रिया सुरू हुन्छ ।’ 

कलेजले शिक्षा मन्त्रालयले तोके अनुसार १० प्रतिशत छात्रवृत्ति सुविधा समेत उपलब्ध गराउँदै आएको छ । 

प्रोफेसनल सीप विकासमा जोड

अहिलेको युगमा सीपको महत्त्व एकदमै छ । डिग्री भन्दा पनि सीपलाई प्राथमिकता दिन थालिएको छ । तर डिग्री हुनु हुँदैन् भन्न खोजेको होइन । डिग्री भयो भने त्यसमा झन प्लस पोइन्ट हुन्छ । एमआईटी कलेजले विद्यार्थीको सीप विकासमा जोड दिएको छ ।

विद्यार्थीको हार्ड स्किलेदेखि सफ्ट स्किल विकासम्म काम गरिरहेको उनले बताए । ‘एमआईटी डिग्रीका लागि मात्र नभएर व्यक्ति बन्नका लागि पनि हो,’ उनी गर्वका साथ भन्छन्, ‘एमआईटी कलेजमा विद्यार्थीहरू पढ्दै कमाउँदै गर्न सक्छन् । हप्ताको ४ दिन कक्षा हुन्छ भने एक दिन प्रोफेसनल सीप विकासमा जोड दिन्छौं ।’

इन्क्युबेसन ल्याब

प्रोफेसनल सीप विकासका लागि कलेजले ननक्रेडिट कोर्षहरू अध्यापन र सिकाउँदै आएको छ । नन क्रेडिट कोर्ष परियोजनामा आधारित हुन्छ । यसमा वेब डेभलपमेन्ट, साइबर सेक्युरिटी, एआई, डिजिटल मार्केटिङ लगायतका बजारमा माग हुने सीपहरूमा जोड दिइन्छ । 

कजेलमा सुविधाको कुरा गर्ने हो भने कलेजमा विश्वस्तरीय पूर्वाधार छ । दक्ष जनशक्ति तयार गर्न र उद्यमी माइन्डसेन्ट विकासमा गर्न जोड दिएको उनको भनाइ छ । 

कलेजसँग आफ्नै इन्क्युबेसन सेन्टर, कम्प्युटर तथा इन्नोभेसन ल्याब छ । कलेजले विविध विषय अध्ययन गराउँदै आएको छ, जसले गर्दा एउटा आईटीको विद्यार्थीले बिजनेसको विद्यार्थीसँग सँगै काम गर्न पाइरहेको हुन्छ । त्यसले गर्दा टिमअप गर्न पनि सहज हुने कलेजको विश्वास छ । 

कलेजको विद्यार्थीलाई उद्योगसँग जोड्न विभिन्न आईटी कम्पनीसँग सहकार्य गरेको छ । केएमसी ग्रुपका आफ्नै २ वटा आईटी कम्पनी समेत छन् । उद्योगमा काम गरिरहेका विशेषज्ञबाट गेष्ट लेक्चर र मेन्टरिङ सुविधा प्रदान गरिरहेको छ । यसले विद्यार्थी पढ्ने मात्र नभएर उद्योग एक्सपोजर पनि सँगसँगै पाइरहेको छन् । ‘विद्यार्थीको ग्रुमिङमा हामीले अलग ढंगबाट काम गरिरहेका छौं,’ सुवेदी भन्छन् ।

कलेजले प्लेसमेन्टका लागि आफ्नै प्लेसमेन्ट सेलको व्यवस्था गरेको छ भने इन्टर्नसीप अनिवार्य गरिएको छ । यदी इन्टर्नसीपमा गएका विद्यार्थीको क्षमता अभिवृद्धि गर्न विज्ञ ल्याएर बुस्टअप कोर्स र ट्रेनिङ समेत सञ्चालन गर्दै आएको छ । 

एमआईटीमा पढ्ने विद्यार्थी बिहान पढेर दिउँदो उद्योगमा काम गर्न सक्ने उनले बताए । ‘कलेजले थप पैसा नलिएर  सुरूवात देखि नै विद्यार्थीलाई सीपमुलक बनाउँछ, उनी भन्छन्, ‘त्यही सीपको प्रयोग गरेर पढ्दै कमाउँदै गर्न सक्छन् ।’

विदेशी उद्योगमा पनि नेपालमबाटै काम गर्न सकिने गरी अन्तर्राष्ट्रिय संस्थासँग पनि सहकार्य प्रक्रियामा एमआईटी कलेज अगाडि बढेको छ ।

शैक्षिक पर्यटनमा जोड

नेपाल शैक्षिक हब हुन सक्छ । शैक्षिक पर्यटनमा जोड दिनुपर्छ भन्ने सुन्दै आएको धेरै भयो । तर अहिलेसम्म त्यसले कुनै ठोस रूप लिन सकेको छैन् ।

तर एमआईटी कलेजले भने शैक्षिक पर्यटनमा देखिने गरी केही काम गर्न लागेको छ । विदेशबाट विद्यार्थीहरू ल्याएर नेपालमा अमेरिक डिग्री अध्यापन गराउँने योजनामा कलेज अगाडि बढेको छ । 

लाइब्रेरी

अमेरिकन डिग्री लिन अमेरिका नै जानुपर्दैन् नेपालबाटै लिन सकिन्छ भन्ने सन्देश लिएर विश्वभर पुग्न खोजेको सुवेदीले जानकारी दिए । 

‘विदेशी विद्यार्थीलाई पनि नेपालमा अमेरिकन डिग्री पढाउने हाम्रो योजना छ । यसका लागि हामी विदेशी नियोगसँग सहकार्य गर्दैछौं,’ उनी ढुक्क हुँदै भन्छन्, ‘अमेरिकन डिग्री लिन अमेरिका नै जानुपर्दैन् नेपालबाटै लिन सकिन्छ भन्ने सन्देश दिन खोजिरहेका छौं । सुरूमा दक्षिण एशियाली देशमा पुग्दैछौं ।’ 

त्यसो त अहिले केही विदेशी विद्यार्थी एमआईटी कलेजमा पढिरहेका छन् । त्यसमाथि अन्तर्राष्ट्रिय विद्यार्थीलाई पनि छात्रवृत्ति दिने योजना कलेजको छ ।

सस्तो र गुणस्तरीय अमेरिकन डिग्री प्रदान गर्ने भएकाले विदेशी विद्यार्थीहरू नेपाल आएर पढ्ने कलेजको विश्वास छ ।