कीवर्डहरू -

मोबाइलको फिंगरप्रिन्टले राम्रोसँग काम गरेन् ? यी तरिका अपनाउनुहोस्

मोबाइलको फिंगरप्रिन्टले राम्रोसँग काम गरेन् ? यी तरिका अपनाउनुहोस्

हामी प्रायः स्मार्टफोनमा सुरक्षाको लागि पासवर्ड वा फिंगरप्रिन्ट लक प्रयोग गर्छौं । यद्यपी, फिंगरप्रिन्ट लक, फोनको डाटा सुरक्षित राख्न सबैभन्दा सुरक्षित तरिकाहरू मध्ये एक हो ।

यो सुविधाले तपाइँलाई तपाइँको फोन अनलक गर्न छिटो र सजिलो तरिका प्रदान गर्दछ । तर कतिपय समय यसले तपाईको अपेक्षा अनुसार प्रतिक्रिया नदिन सक्छ ।

यसको मतलब धेरै फिंगरप्रिन्ट स्क्यानरले राम्रोसँग काम गर्दैनन् र यस्तो अवस्थामा फोन अनलक गर्न गाह्रो हुन्छ । आज हामी पाँचवटा यस्तो टिप्सको बारे जानकारी दिदैछौं, जसको मद्दतले फिंगरप्रिन्ट स्क्यानर ठीक गर्न सक्नुहुन्छ । 

स्क्रिन र फिंगरप्रिन्ट सेन्सर सफा गर्नुहोस्

स्क्रिन र फिंगरप्रिन्ट सेन्सर सफा गर्न माइक्रोफाइबर कपडा प्रयोग गर्नुहोस् । यदि तपाईंको फोनमा पछाडिको फिंगरप्रिन्ट स्क्यानर छ र फोनमा कभर छ भने, कभरले फिंगरप्रिन्ट सेन्सरलाई ब्लक गर्न सक्ने हुनाले यसलाई हटाउनुहोस् ।
 
औंठाछाप ठाउँको ख्याल राख्नुहोस्

धेरै पटक हामी हाम्रो औंला फिंगरप्रिन्ट स्क्यानरको वरिपरि छिट्टै राख्छौं जुन सही तरिका होइन् । यसो हुँदा स्क्यानरलाई औंला पत्ता लगाउन कठिनाई हुन सक्छ र फोन अनलक गर्न सक्षम हुनेछैन् ।

फोनलाई छिट्टै अनलक गर्न औंलाको प्लेसमेन्ट सहि हुनु धेरै महत्त्वपूणर् छ । फिंगरप्रिन्ट सेन्सरमा आफ्नो औंला स्पष्ट र स्थिर रूपमा राख्नुहोस् । फिंगरप्रिन्ट धेरै थिच्ने प्रयास नगर्नुहोस् । विस्तारै र सही रूपमा थिच्ने प्रयास गर्नुहोस्।  

यदि तपाई बारम्बार यस्तो समस्याको सामना गर्दै हुनुहुन्छ र तपाईले आफ्नो फिंगरप्रिन्ट ठीकसँग सेट गर्नुभएको छैन भने, तपाई फिंगरप्रिन्ट सेटिङ्गमा गएर यसलाई पुनः सेट गर्न सक्नुहुन्छ ।
 
वैकल्पिक फिंगरप्रिन्ट सेट अप गर्नुहोस्

केहि स्मार्टफोन मोडेलहरूले दुई वा बढी फिंगरप्रिन्टहरू सेट गर्न दिन्छ त्यसैले वैकल्पिक फिंगरप्रिन्ट सेट गर्ने प्रयास गर्नुहोस् ।

सफ्टवेयर अपडेट गर्नुहोस्

आफ्नो स्मार्टफोनको अपरेटिङ सिस्टम र सुरक्षा प्याचहरू अपडेट गर्नुहोस्, किनकि कहिलेकाहीँ सफ्टवेयर अपडेटहरूले फिंगरप्रिन्ट सेन्सर सम्बन्धित समस्याहरू समाधान गर्न सक्छ।
 
आफ्नो फोन रिबुट गर्नुहोस्

यदि फिंगरप्रिन्ट स्क्यानरले काम गरिरहेको छैन् र माथिका सबै समाधानहरूले समस्या समाधान गर्दैन भने, तपाइँ आफ्नो फोन रिबुट गर्न सक्नुहुन्छ ।