कीवर्डहरू -

पारदर्शिता कायम गर्न सहकारी डिजिटाइजेशनमा जानै पर्छः मन्त्री गिरी

पारदर्शिता कायम गर्न सहकारी डिजिटाइजेशनमा जानै पर्छः मन्त्री गिरी

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पारदर्शिता कायम गर्न सहकारी डिजिटाइजेशनमा जानै पर्ने बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघको आयोजनामा आजबाट सुरु भएको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले यस्तो बताएका हुन् । 

सहकारीमा पारदर्शिता र विश्वसनीयता कायम गर्न प्रविधिको प्रयोग अनिवार्य रहेको बताए । प्रविधिमार्फत सदस्यहरुलाई संस्थाको हरेक गतिविधिका बारेमा जानकारी दिन सके विश्वास बढ्ने उनको बुझाई छ ।