महामारीको समयमा धेरैजसो कम्पनीहरूले आफ्नो कामलाई अनलाइनमा स्थानान्तरण गरेका थिए । साथै, शैक्षिक संस्थाहरू र इन्स्टिच्युटहरूले पनि आफ्ना कक्षाहरू अनलाइन नै सञ्चालन गरिरहेका थिए । यस समयमा धेरै यस्ता प्लेटफर्महरू देखा परे र छिट्टै लोकप्रिय भए, जसमा जूम पनि समावेश छ ।
जूमले आफ्नो ग्राहकहरूको लागि समयसंगै नयाँ अपडेटहरू प्रस्तुत गरेको छ । जसमा सहभागीहरूको संख्या बढाउनु पनि समावेश गरिएको छ । अब कम्पनीले अर्को नयाँ अपडेट प्रस्तुत गरेको छ । भिडियो कन्फ्रेन्सिङ प्लेटफर्मले आफ्नो वेबिनार क्षमता १० लाख सहभागीहरू सम्म पु¥याएको छ । अब एकै कलमा १० लाख मानिसहरू सहभागी हुन सक्नेछन् ।
कम्पनीको नयाँ सेवा प्रयोगकर्ताहरूलाई सिंगल युज वेबिनारको एक सिरिज दिन्छ, जसबाट उनीहरूले आफ्नो अनुसार कुनै पनि विकल्प छान्न सक्छन् ।
यसमा १०,००० देखि १०,०००,००० सम्म मानिसहरू सहभागी हुन सक्छन् । जूमका मुख्य उत्पादन अधिकारी, स्मिता हाशिमले यस विस्तारले संस्थाहरूलाई ठूलो स्तरमा आफ्ना दर्शकहरूसँग सजिलै जोडिन क्रान्तिकारी परिवर्तन ल्याएको बताएकी छिन् ।
कम्पनीले यो परिवर्तन अमेरिकाका उपराष्ट्रपति कमला ह्यारिसको प्रेसिडेन्ट क्याम्पेनको लागि हालसालै आयोजित फण्डरेजिङ क्याम्पेनपछि गरेको हो, जसमा धेरै दर्शकहरू आएका थिए ।
यसमा विन विद ब्ल्याक वीमेनद्वारा आयोजित एक कल समावेश छ, जसमा ४०,००० भन्दा बढी मानिसहरू आए र तीन घण्टामा १.५ मिलियन डलर उठाइएको थियो ।
त्यसका साथै ह्वाइट ड्यूड्स फोर ह्यारिस र ह्वाइट वीमेन फोर ह्यारिस जस्ता समूहहरूले पनि यसमार्फत लगभग १९०,००० र २००,००० दर्शकहरूलाई जोडिएको छ ।
कम्पनीको यो सुविधा प्रीमियम हो र यसको लागि शुल्क तिर्नु पर्छ । एकपटक १० लाख मानिसहरूको वेबिनार आयोजना गर्नका लागि १ लाख डलरको भुक्तानी गर्नुपर्नेछ । यदि १०,००० मानिसहरूको लागि इभेन्ट आयोजना गर्दा ९,००० डलरको खर्र्च हुनेछ ।