कीवर्डहरू -

नमस्ते पेमा क्यासब्याकको लहरः उडान टिकटमा १०० रूपैयाँ, अन्य सेवामा पनि आकर्षक क्यासब्याक

नमस्ते पेमा क्यासब्याकको लहरः उडान टिकटमा १०० रूपैयाँ, अन्य सेवामा पनि आकर्षक क्यासब्याक

आगामी चाडपर्वलाई ध्यानमा राख्दै नमस्ते पेले उडान टिकटका साथै अन्य विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याकको नयाँ अफर सुरु गरेको छ । यो अफर असोज ११ गतेदेखि कात्तिक ३० गतेसम्म उपलब्ध हुनेछ ।

यस अफर अन्तर्गत, नमस्ते पेमार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै १०० रूपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, नेपाल टेलिकमका सेवाहरू जस्तै रिचार्ज, ल्यान्डलाइन, एफएफटीएच, र एडीएसएलको बिल भुक्तानी तथा एन्सेल रिचार्ज गर्दा नमस्ते पे प्रयोगकर्ताहरूले २ प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्नु पर्ने छैन् । क्यासब्याक हरेक टिकट र हरेक पटकको टप- अप तथा बिल भुक्तानीमा लागु हुनेछ, जसको अर्थ प्रयोगकर्ताहरूले नमस्ते पेमार्फत जति धेरै लेनदेन गर्नेछन्, उति नै धेरै क्यासब्याक पाउनेछन् ।