माघदेखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नम्बर चाहिने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० संशोधन तथा परिमार्जन गर्दै माघ १ गतेदेखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो ।
‘बैंक तथा वित्तीय संस्थाले माघ एक गतेदेखि राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचको आधारमा राष्ट्रिय परिचय पत्रका आधारमा खाता खोल्ने अनिवार्य व्यवस्था मिलाउनुपर्नेछ,’ निर्देशनमा भनिएको छ ।
माघ १ गतेसम्म उच्च पदस्थ व्यक्तिको खातामा राष्ट्रिय परिचयपत्रको विवरण उद्यावधिक गर्नुपर्नेछ ।
साथै ग्राहकले खाता खोल्दा आफ्नो नामको मोबाइल नम्बर हुनुपर्नेछ । ग्राहकले उपलब्ध गराएको नम्बरको विवरण निज ग्राहककै रहे नरहेको, निहित जोखिमका आधारमा संस्थाले आवश्यक पहिचान पद्धती अवलम्बन गर्नुपर्ने संशोधित निर्देशिकामा उल्लेख छ।