कीवर्डहरू -

बुटवलमा राष्ट्रियस्तरको ह्याकाथन ‘ग्रेकाथन’ हुँदै, पुरस्कार राशी ७० हजार

बुटवलमा राष्ट्रियस्तरको ह्याकाथन ‘ग्रेकाथन’ हुँदै, पुरस्कार राशी ७० हजार

सीएसआईटी एशोशिएसन अफ बुटवल मल्टिपल क्याम्पसले राष्ट्रियस्तरको ह्याकाथन ‘ग्रेकाथन’ गर्ने भएको छ । आगामी चैत २५ र २६ गते बुटवलमा २४ घण्टे ग्रेकाथन आयोजना हुनेछ । 

ग्रेस इन्टरनेसनलको सहयोगमा आयोजना हुन लागेको कार्यक्रममा सहभागीहरूले सामाजिक चुनौतीलाई प्रविधि, सहकार्य र रचनात्मकताबाट हल गर्ने आईडियामा काम गर्नेछन् । 

ग्रेकाथनमा सहभागी हुन चैत १५ गतेसम्म ‍टिम दर्ता गर्नुपर्नेछ । एउटा टिममा ४ जनाभन्दा बढी हुन पाइने छैन् । सुरूमा टिम दर्ता शुल्क शुल्क लाग्ने छैन् ।

यदी तपाई पनि ग्रेकाथनमा सहभागी हुन चाहनुन्छ भने यहाँ क्लिक गरेर आफ्नो टिम दर्ता गर्न सक्नु हुनेछ । तर छनौट चरण सकिएपछि ग्राण्ड फिनाले दर्ताका लागि भने ३ हजार रूपैयाँ शुल्क लाग्ने छ । 

फाइनलका लागि १० वटा टिमहरू छनौट हुनेछन्, जहाँ सहभागीले कोडिङ म्याराथन गर्नेछन् । ग्रेकाथनमा विजयी हुनेलाई नगद पुरस्कार समेत व्यवस्था गरिएको छ । 

यसमा कुल पुरस्कारको राशी ६९ हजार ९९९ रूपैयाँ रहेको छ, विजेताले ३३ हजार ३३३, रनरअपले २२ हजार २२२, सेकेन्ड रनरअपले ११ हजार १११ र बेस्ट कमिट अवार्ड विजेताले ३ हजार ३३३ रूपैयाँ पाउने छन् ।  नगद पुरस्कार बाहेक विजेताले मेडल, प्रमाणपत्र, स्वाग किट्स पनि पाउने छन् ।