कीवर्डहरू -

अपरिचित व्यक्तिलाई नागरिकता, ओटीपी, पासवर्ड जस्ता गोप्य विवरण नदिन राष्ट्र बैंकको आग्रह

अपरिचित व्यक्तिलाई नागरिकता, ओटीपी, पासवर्ड जस्ता गोप्य विवरण नदिन राष्ट्र बैंकको आग्रह

छिटो पैसा कमाउने लोभमा परेर अपरिचित व्यक्तिलाई नागरिकता, खाता नम्बर, ओटीपी, पासवर्ड जस्ता गोप्य विवरण नदिन नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ । 

अरूको नागरिकता, फोटो, टेलिफोन नम्बर जस्ता व्यक्तिगत विवरण दुरुपयोग गरी मोबाइल वालेट वा अन्य बैंक तथा वित्तीय संस्थामा खाता खोलेर ठगी हुन थालेपछि राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो । 

राष्ट्र बैंकले भनेको छ, ‘अरू कसैको नागरिकता, फोटो, टेलिफोन नम्बर जस्ता व्यक्तिगत विवरण दुरुपयोग गरी मोबाइल वालेट वा अन्य बैंक तथा वित्तीय संस्थामा खाता खोली अनधिकृत कारोबार गर्ने, क्रिप्टोकरेन्सी खरिद बिक्री गर्ने, बेटिङसम्बन्धी कारोबार गर्ने, यस्ता गैरकानुनी कारोबारमा समस्या भए मद्दत गर्छु भनी ठगी गर्ने, डर त्रास देखाई रकम असुली गर्ने, विदेशमा रहेका व्यक्तिको व्यक्तिगत विवरण चोरी गरी अवैध कारोबार गर्ने जस्ता घटना हुने गरेको पाइएकोले यस्ता वित्तीय ठगीको जोखिमप्रति सजग रही आफ्ना महत्वपूर्ण व्यक्तिगत विवरण तथा कागजात सुरक्षित र गोप्य राखौं ।’

छिटो पैसा कमाइन्छ भन्ने लोभ लालचमा परी अपरिचित व्यक्तिको बहकाउमा नागरिकता, खाता नम्बर, QR, OTP, Pin code, Password जस्ता आफ्ना गोप्य विवरण नदिन बैंकको अनुरोध छ ।