कीवर्डहरू -

एनसेल नेपाल सुपर लिग: खेल तालिका सार्वजनिक, पहिलो दिन भ्याली डर्बी काठमाडौं र ललितपुर भिड्ने

एनसेल नेपाल सुपर लिग: खेल तालिका सार्वजनिक, पहिलो दिन भ्याली डर्बी काठमाडौं र ललितपुर भिड्ने

प्रतीक्षित एनसेल नेपाल सुपर लिग (एनएनसल) २०२५ ले नेपाली फुटबलप्रेमीहरूलाई रोमाञ्चित पार्ने गरी तेस्रो  सिजनको खेलतालिका सार्वजनिक गरेको छ । चैत्र १६ गतेदेखि सुरु हुने यो सिजन एक महिना लामो कडा प्रतिस्पर्धाको फाइनल खेल भने बैशाख १३, २०८२ मा महा भिडन्तका साथ  समापन हुनेछ।

एनसेल शीर्ष प्रायोजक रहेको यस सिजनमा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र  चितवन गरी नेपालका सात उत्कृष्ट टोलीहरू एनसेल एनएसएल उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

एनसेल  एनएसएल २०२५ को पहिलो खेल सिजन १ को बिजेता काठमाडौं रेजर्स एफसी र सिजन २ को बिजेता ललितपुर सिटी एफसी बीचको भ्याली डर्बी रहनेछ। यो बहुप्रतीक्षित खेलले फुटबलप्रेमीहरूलाई रोमाञ्चित बनाउनेछ, यो भिडन्तले थप उत्साह र प्रतिस्पर्धात्मक भावना सिर्जना गर्नेछ र सिजन भर नै यो उत्साहलाई कायम राख्नेछ ।

यो रोमाञ्चक खेलसँगै सिजनको यात्रा सुरु हुनेछ, जहाँ प्रत्येक टोलीले च्याम्पियन बन्ने लक्ष्य राख्नेछ। अप्रिल २६, २०२५ को फाइनल खेलमा यस सिजनको विजेता घोषणा गरिनेछ।

null