कीवर्डहरू -

विभिन्न ८ विधामा अवार्ड प्रदान गर्दै नेपाल इन्जिनियर्स एशोसिएसन, आवेदन दिन अनुरोध

विभिन्न ८ विधामा अवार्ड प्रदान गर्दै नेपाल इन्जिनियर्स एशोसिएसन, आवेदन दिन अनुरोध

नेपाल इन्जिनियर्स एशोसिएसनले विभिन्न ८ विधामा अवार्ड प्रदान गर्ने भएको छ । ६२ औं इन्जिनियर दिवसको एशोसिएसनले इन्जिनियरिङ /आर्किटेक्चर तथा राष्ट्रको उत्थानमा उत्कृष्ट योगदान पुऱ्याउने व्यक्तिहरूलाई सम्मान गर्न लागेको हो । 

यस वर्ष लाइफ टाइम एचिभमेन्ट अवार्ड, डिस्टिङगुइस्ड आन्ट्रप्रेनरसीप अवार्ड, शहिद इन्जिनियर नवराज विष्ट मेमोरियटल अवार्ड, आउटस्ट्यान्डिङ युथ प्रोफेसनल अवार्ड, आउटस्ट्याण्डिङ वुमन इन्जिनियर अवार्ड, बेस्ट इन्नोभेसन अवार्ड, डिस्टिङगुइस्ड पब्लिक सर्भिस अवार्ड र इन्जिनियरिङ एकेडेमीक एक्सिलेन्स अवार्ड विधामा सम्मान गरिने एशोसिएसनले जनाएको छ ।

लाइफ टाइम एचिभमेन्ट अवार्ड विधा बाहेक आफू वा आफूलाई उपयुक्त लागेको व्यक्तिलाई २०८१ असार २५ गते भित्र तोकिएको ढाँचामा आवश्यक विवरणहरू संलग्न गरी इमेल ([email protected]) मा पठाउन वा कार्यालयमा आफै उपस्थित भई प्रस्ताव पेश गर्न सकिने छ । 

प्रस्ताव आवेदन फारम यहाँ क्लिक गरेर डाउनलोड गर्न सकिने छ । नेपाल इन्जिनियर्स एशोसिएसनले आगामी साउन ३ गते ६२ औं इन्जिनियर दिवस मनाउँदै छ । सो कार्यक्रम इन्जिनियरिङ क्षेत्रमा योगदान गर्नेलाई सम्मान गरिने छ । 

null