कीवर्डहरू -

नेपालको सूचना प्रविधि क्षेत्रमा लगानीको अवसर छः उद्योग वाणिज्य महासंघ अध्यक्ष ढकाल

नेपालको सूचना प्रविधि क्षेत्रमा लगानीको अवसर छः उद्योग वाणिज्य महासंघ अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र ढकालले नेपालको सूचना प्रविधि र प्राविधिक स्कुलमा लगानीको सम्भावना रहेको बताएका छन् । 

आईतबारदेखि काठमाडौंमा सुरू भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै ढकालले विश्वभरबाट सहभागी भएका लगानीकर्तालाई यस्तो बताएका हुन् । 

विश्वका उदाउँदा ठूला अर्थतन्त्र चीन र भारतको बीचमा रहेको नेपालको रणनैतिक अवस्थितिको फाइदा लिँदै गेटवेको काम गर्न सक्ने बताए । 

उनले नेपालमा प्राविधि स्कुल स्थापनामा लगानी सम्भावना रहेको समेत जानकारी दिए । यसले नेपालमा रहेको दक्ष श्रमशक्तिको अभावलाई मात्र समाधान गर्ने र मुलुकबाट वैदेशिक रोजगारका लागि जाने ठूलो जनशक्तिलाई दक्ष बनाई उनीहरूको क्षमता अभिवृद्धि गर्दै विदेशबाट नेपाल भित्रिने रेमिट्यान्सको रकम पनि बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।