कीवर्डहरू -

आईटी क्षेत्रमा नेपाल दक्षिण एशियामै पछाडि छ: सञ्चारमन्त्री गुरूङ

आईटी क्षेत्रमा नेपाल दक्षिण एशियामै पछाडि छ: सञ्चारमन्त्री गुरूङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आईटीकाे क्षेत्रमा नेपाल दक्षिण एशियामा पछाडि रहेकाे बताएका छन् । 

क्यान इन्फाेटेक उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका मन्त्री गुरुङले आईटी क्षेत्रमा सरकारले गर्नुपर्ने काम धेरै रहेकाे बताउँदै उनले याे क्षेत्रमा नेपाल दक्षिण एशियामा पछाडि रहेकाे बताएका हुन् । 

'म अहिले ऐन, नियम बनाउने ठाउँमा छु । सरकारले गर्नुपर्ने धेरै छ,' उनले भने, 'याे क्षेत्रमा नेपाल दक्षिण एशियामा पछाडि छ । अहिलेसम्म याे क्षेत्रकाे विकास सबै निजी क्षेत्रले गरेकाे छ ।'

पछिल्लो समय आईटी क्षेत्रकाे विकासका लागि नीति निर्माण गर्ने कार्यलाई प्राथकिता दिएकाे बताए ।

आईटी क्षेत्रलाई उद्याेगकाे रूपमा विकास गर्न सरकारले हालै अध्यादेशबाट आईटी सम्बन्धि कानुनहरू संशाेधन गर्दै निजी क्षेत्रकाे चाहना अनुरूप व्यवसाय गर्ने वातावरण सिर्जना गर्न खाेजेकाे समेत बताए । 

आईटीकाे काम जुम्लामै बसेर पनि गर्न सकिने मन्त्री गुरुङले बताए । 'आईटीकाे इन्नाेभेसन काठमाडौं गर्नुपर्छ भन्ने छैन् हुम्लाबाट पनि गर्न सकिन्छ । तर पूर्वाधार चाहिन्छ,' मन्त्री गुरूङ भन्छन्, 'पूर्वाधार विकासमा पनि हामी काम गर्छाैं ।'
 
अब देशभरका सबै वडा कार्यालयमा ब्राेडब्याण्ड  इन्टरनेट र फाेरजी सेवा पर्याउनु पर्नेमा जाेड दिए ।