कीवर्डहरू -

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपालले बनाएको भिडियो सर्वोत्कृष्ट, कस्तो छ भिडियो ?

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपालले बनाएको भिडियो सर्वोत्कृष्ट, कस्तो छ भिडियो ?

अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को भिडियो प्रतियोगितामा नेपालले बनाएको भिडियो सर्वोत्कृष्ट भएको छ । ‘इन्टरपोल १०० ग्लोबल भिडियो कन्टेस्ट फर योङ पुलिस लिडर्स’ प्रतियोगितामा नेपाल प्रहरीले बनाएको भिडियो सर्वोत्कृष्ट भएको हो । 

स्थापनाको १०० वर्ष पुगेको अवसरमा इन्टरपोलको इन्नोभेसन सेन्टरले सन् २०३० सम्म सुरक्षित संसारको लागि इन्टरपोललाई जोड्ने र विश्वव्यापी कानून कार्यान्वयनलाई सशक्त बनाउन तपाईंको परिकल्पना विषयमा प्रतियोगिता आयोजना गरेको थियो । 

सो प्रतियोगितामा नेपाल प्रहरीका प्रहरी निरीक्षक नारायण थापा र प्रहरी निरीक्षक उमेश गुरुङ श्रेष्ठद्वारा निर्माण गरिएको भिडियोमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, आर्टिफिसियल इन्टेलिजेन्सका कारण भविष्यमा हुनसक्ने समस्याहरू समाधान गर्न र दिगो विकासको लक्ष्य प्राप्त गर्न ईन्टरपोलको अहम् भूमिका हुने विषय समेटिएको थियो । 

सो भिडियो “Let’s Save the Planet-INTERPOL 100” विषयक सूचनामुलक छोटो भिडियो सर्वोत्कृष्ट हुन सफल भएको हो । नोभेम्बर २८ देखि अष्ट्रियाको भियनामा इन्टरपोलको ९१ औं महासभा जारी छ र डिसेम्बर १ सम्म सञ्चालन हुनेछ । उक्त महासभामा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरसहितको नेपाली प्रतिनिधि मण्डल सहभागी रहेको छ ।

यस्तो छ भिडियो