कीवर्डहरू -

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५’ को गोल्ड अवार्ड

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५’ को गोल्ड अवार्ड

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको २५ औँ वार्षिकोत्सव मनाइरहेको गौरवमय अवसरमा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको छ । कम्पनीले ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५’अन्तर्गत प्रतिष्ठित ‘Gold Award’ प्राप्त गर्न सफल भएको हो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा होटल याक एण्ड यतीमा आयोजित एक विशेष समारोहका बीच उक्त अवार्ड नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली तथा नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रूपमा ग्रहण गरेका छन् ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, नेपाल वित्तीय प्रतिवेदन मानहरू तथा अन्य लेखा मापदण्डहरूको प्रभावकारी पालनाका साथै संस्थागत सुशासन प्रतिको उच्च प्रतिबद्धताका आधारमा यो सम्मान पाएको हो ।

यस अवार्डले नेपाल लाइफले वित्तीय जवाफदेहिता र सुशासनलाई संस्थागत संस्कृतिका रूपमा आत्मसात् गर्दै उत्कृष्ट अभ्यासलाई निरन्तरता दिइरहेको स्पष्ट पारेको छ ।

अवार्ड ग्रहण गर्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो सम्मान सम्पूर्ण नेपाल लाइफ परिवारका लागि गर्वको विषय भएको बताउँदै यसले कम्पनीलाई अझ उच्च स्तरको वित्तीय पारदर्शिता र उत्कृष्ट कार्यसम्पादनतर्फ अघि बढ्ने थप जिम्मेवारी प्रदान गरेको उल्लेख गरे ।

उनले यस सफलताको श्रेय मार्गदर्शन प्रदान गर्ने सञ्चालक समिति, बीमित ग्राहक, अभिकर्ता, समर्पित कर्मचारी, शेयरधनी तथा नियामक निकायहरूलाई दिँदै हार्दिक आभार व्यक्त गरे । नेपाल लाइफले हालसम्म ५२.४ लाखभन्दा बढी बीमालेख जारी गरी लाखौँ नेपाली परिवारलाई आर्थिक सुरक्षाको दायरामा ल्याएको छ ।

रु. २ खर्ब ६७ अर्बभन्दा बढीको जीवन बीमा कोष व्यवस्थापन गरिरहेको कम्पनीले हालसम्म रु. १ खर्ब १३ अर्बभन्दा बढी दाबी भुक्तानी गरी आफ्नो प्रतिबद्धता व्यवहारमै प्रमाणित गरिसकेको छ । राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै कम्पनीले हालसम्म नेपाल सरकारलाई रु. १७ अर्बभन्दा बढी राजस्व तथा कर बुझाएको छ ।

वित्तीय स्थायित्व र वित्तीय दायित्व समयमै पूरा गर्ने उच्च क्षमताका कारण यो कम्पनी इक्रा नेपालबाट ‘डबल ए माइनस  क्रेडिट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो जीवन बीमा कम्पनीसमेत बनेको छ ।

हाल देशका ७७ वटै जिल्लामा फैलिएका १९७ वटा कार्यालयहरू र ६५ हजारभन्दा बढी सक्रिय अभिकर्ता सञ्जालमार्फत नेपाल लाइफले नेपालीहरूको पहिलो रोजाइको जीवन बीमा कम्पनीका रूपमा आफ्नो नेतृत्वदायी स्थानलाई निरन्तर सुदृढ बनाउँदै लगेको छ ।

आगामी दिनमा पनि विश्वास, पारदर्शिता र उत्कृष्ट सेवालाई मूल आधार बनाउँदै नेपाली नागरिकको आर्थिक सुरक्षा तथा समृद्ध भविष्य निर्माणमा निरन्तर समर्पित रहने प्रतिबद्धता कम्पनीले जनाएको छ ।