कीवर्डहरू -

साइबर ब्यूरोले भन्यो: झुटा इमेलको विश्वास नगर्नु, रिप्लाई पनि नदिनु

साइबर ब्यूरोले भन्यो: झुटा इमेलको विश्वास नगर्नु, रिप्लाई पनि नदिनु

नेपाल प्रहरीको साइबर ब्यूरोले साइबर ब्यूरोबाट पठाइएको भनिएको झुटा इमेलमा कुनै पनि रिप्लाई नगर्न अनुरोध गरेको छ । 

पछिल्लो समयमा साइबर ब्यूरो लगायत नेपाल प्रहरीका विशिष्टीकृत कार्यालयहरू र नेपाल प्रहरीकै उच्च अधिकारीहरूको नाम तथा दर्जा समेत प्रयोग गरी विभिन्न व्यक्तिहरूलाई चेतावनीयुक्त इमेलहरू पठाउने घटना भएका थिए ।

उक्त इमेलप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै नेपाल प्रहरी साइबर ब्यूरो लगायत अन्य प्रहरी कार्यालयहरूबाट पठाइएको भनिएका यस्ता इमेलहरू Hoax इमेलहरूको विश्वास नगर्न र कुनै प्रतिक्रिया नदिन ब्यूरोले अनुरोध गरेको हो । 

साथै यस्ता इमेलका सम्बन्धमा आवश्यक अनुसन्धान समेत भइरहेको तथा कुनै दुविधा भएमा यस ब्यूरोको आधिकारिक वेबसाइट (https://cyberbureau.nepalpolice.gov.np/) मा रहेका सम्पर्क नम्बरहरू र इमेल मार्फत थप बुझ्न सकिने छ । 
null