शिक्वल फाउन्डेसनले नेपालको सबैभन्दा ठूलो महिला मात्र सहभागी ह्याकाथन ‘सशक्त नेपालका लागि ह्याकिङ’ सम्पन्न गरेको छ ।
ह्याकाथनमा प्रविधिको क्षेत्रमा रुची भएका विविध समूहका ६० बढी प्रतिभावान महिलाहरूको सहभागीता रहेको थियो ।
तीन दिनसम्म चलेको कार्यक्रममा टेवा नेपालमा आयोजित भएको थियो, जहाँ प्रतिभावान महिलाहरूले आफ्नो रचनात्मकता र तकनिकी क्षमतासँगै निरन्तर कोडिङ्ग गर्दै उत्कृष्ट समाधानहरू विकसित गरेका थिए ।
ह्याकाथनलाई टेस्लाटेक नेपाल, संयुक्त राज्य अमेरिका दूतावास, नेपाल र संयुक्त राष्ट्र महिलाद्वारा समर्थित गरिएको थियो ।
यसले कौशल विकास, सहयोग र सशक्तिकरणका लागि एउटा मञ्च प्रदान गरेको थियो । ह्याकाथनको अन्तिम दिन टिम फिजिओनेपले नगद १,००,००० रुपैयाँ सहित विजयी स्थान सुरक्षित गर्न सफल भएको थियो, जसले तिनीहरूको समाधान भौतिक चिकित्सा प्रक्रियामा कोण निर्धारण गर्ने थियो ।
यसपछि, टिम पोषण साथीले आफ्नो पोषणको माध्यमबाट सशक्त गर्ने समाधानको साथ नगद ७५,००० पुरस्कारका साथ फर्स्ट रनर अपको स्थान हासिल गर्न सफल भयो । अन्तमा, टिम लेडीबग्सले सीरभिक्स प्रकारको पहिचानकर्ता एप सिर्जना गर्यो र ५०,००० रुपैयाँको पुरस्कार सेकेन्ड रनर अपको स्थान हासिल गरेको छ ।
वैशाख २९ गते सुरू भएको ह्याकाथनको पहिलो दिन कार्यशालाहरूदेखि लिएर नेटवर्किङका क्षण, दोस्रो दिनमा अघि बढ्दै जाँदा, सहभागीहरूलाई उद्योग विशेषज्ञहरूसँग अन्तरक्रिया गर्न परिचय गराइएको थियो ।
शिक्वल फाउन्डेसनका संस्थापक तथा सह–प्रबन्ध निर्देशक आस्था शर्माले ह्याकाथनको सफलतामा खुसी व्यक्त गर्दै सहभागीहरूले कसरी नेपालको अत्यावश्यक समस्याहरूलाई अभिनव समाधानहरू मार्फत सम्बोधन गर्दै आफ्नो रचनात्मकता र प्राविधिक सीपहरू प्रदर्शन गरे भन्ने कुरामा जोड दिए ।
उनले कार्यक्रमले महिलाहरूको कोडिङ क्षमताहरू बढाउनको लागि प्लेटफर्मको रूपमा मात्र काम गरेको छैन तर सहयोग र सिकाइको लागि सहयोगी र सशक्तिकरण वातावरणलाई पनि बढावा दिएको कुरा हाइलाइट गरिन् ।
आस्था शर्माले थप समावेशी र समतामूलक भविष्यको लागि मार्ग प्रशस्त गर्ने, प्राविधिक उद्योगमा लैङ्गिक विविधता र सशक्तिकरणको ड्राइभिङ शेक्वल फाउन्डेसनको मिशनको अभिन्न अंग रहेको कुरामा समेत आस्था शर्माले जोड दिएकी थिइन् ।