कीवर्डहरू -

राज्यलाई सबैभन्दा धेरै कर तिर्ने संस्थामा नेपाल दूरसञ्चार कम्पनी

राज्यलाई सबैभन्दा धेरै कर तिर्ने संस्थामा नेपाल दूरसञ्चार कम्पनी

सरकारलाई सबैभन्दा बढी कर तिर्ने संस्थागत तर्फ नेपाल दूरसञ्चार कम्पनी सम्मानित भएको छ । सरकारले कर दिवसको अवसर पारेर व्यवसाय सञ्चालन गरेबापत राज्यलाई धेरै कर तिर्ने विभिन्न कम्पनी र व्यक्तिलाई आन्तरिक राजश्व विभागले सम्मानित गरेकोमा अग्रस्थानमा नेपाल दूरसञ्चार कम्पनी सम्मानित भएको हो ।

विभागका अनुसार धेरै निर्यात गर्ने विधामा डाबर नेपाल, विशेष उद्योगतर्फ एसियन पेन्ट्स सम्मानित भएको छ । यसबाहेक, कृषितर्फ ओबीसी फिड एन्ड फिड्स सम्मानित भएको छ । 

बैंकतर्फ सबैभन्दा धेरै कर तिर्ने ग्लोबल आईएमई बैंक सम्मानित भएको छ । यस्तै, छिमेक लघुवित्त, नोबेल मेडिकल कलेज र एलआईसी नेपालले समेत आ–आफ्नो क्षेत्रमा सबैभन्दा धेरै कर बुझाएर सम्मानित भएका छन् । यस्तै,मनकामना केबलकार, भाटभटेनी सुपर मार्केट समेत सम्मानित भएका छन् भने सबैभन्दा धेरै रेमिटेन्स भित्र्याएर कर तिर्ने कम्पनीको सूचीमा आईएमई रेमिट् पर्दा ऊर्जामा भोटेकोसी जलविद्युत आयोजना सम्मानित भएको छ । 

व्यवसाय सञ्चालन गरेबापत राज्यलाई धेरै कर तिर्ने विभिन्न कम्पनी र व्यक्तिलाई आन्तरिक राजश्व विभागले सम्मानित गरेको हो ।