सबैभन्दा बढी कर तिर्ने संस्थाको रूपमा नेपाल टेलिकम सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गर्ने टेलिकम सम्मानित भएको हो ।
मंसिर १ गते राष्ट्रिय कर दिवस २०८१ को अवसरमा आयोजित एक कार्यक्रममा नेपाल टेलिकमलाई उप प्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मानित गरेका थिए ।
नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले सो सम्मान ग्रहण गरेकी थिइन । आन्तरिक राजस्व विभागले हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ ।
सोही दिन उत्कृष्ट करदातालाई सम्मानित पनि गर्दै आएको छ । सो अवसरमा नेपाल टेलिकमसहित सबैभन्दा धेरै कर तिर्ने अन्य व्यक्ति र संस्थालाई सम्मानित गरिएको थियो।