कीवर्डहरू -

नेपालको आफ्नै कार्ड नेपालपे कार्ड सार्वजनिक, के के छन् सुविधा ?

नेपालको आफ्नै कार्ड नेपालपे कार्ड सार्वजनिक, के के छन् सुविधा ?

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले नेपालको आफ्नै कार्ड  नेपालपे कार्ड सार्वजनिक गरेको हो । नेशनल पेमेन्ट स्वीच - नेशनल कार्ड स्वीच (एनपीएस – एनसीएस) र डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) औपचारिक रूपमा सार्वजनिक भएको हो ।  

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सोमबार नेपाल पे कार्डको पूर्वाधार स्थापना र प्राविधिक रूपमा तयार भएको घोषणा गरेको थिए । नेशनल पेमेन्ट स्वीच - नेशनल कार्ड स्वीच/नेपालपे कार्डको लागि नेपाल राष्ट्र बैंकबाट एनसीएचएलले हालै प्राप्त गरेको अन्तिम स्वीकृति पाएको थियो । 

कार्यक्रममा नेपालपे कार्डबाट गभर्नर अधिकारीले पहिलो कारोबार समेत गरेका थिए । यस क्रममा हिमालयन बैंकले जारी गरेको नेपालपे कार्ड प्रयोग गरी माछापुच्छ्रे बैंकको प्वाइन्ट अफ सेल (POS) टर्मिनल र सिद्धार्थ बैंकको एटीएममा सफल कारोबार गरिएको थियो ।

एनपीएसको पूर्वाधारको एक महत्वपूर्ण हिस्सा अन्तर्गत, एनसीएचएलले राष्ट्रिय कार्ड स्विच, केन्द्रीकृत निवारण तथा विवाद व्यवस्थापन प्रणाली, कृत्रिम बुद्धिमत्ता/मेसिन लर्निङ (AI/ML) आधारित ठगी तथा जोखिम व्यवस्थापन प्रणाली र नेपालपे घरेलु कार्ड योजना लागू गरेको छ । 

यो एनपीएस कार्यान्वयनको अन्तिम चरण हो, जसअन्तर्गत यसअघि २०२१ नोभेम्बरदेखि रिटेल पेमेन्ट स्विच (RPS) र अन्तरदेशीय अन्तरफेस (NPIx) कार्यान्वयन भइसकेका छन् । एनपीएस-एनसीएस र नेपालपे कार्डको तयारी पूरा भएसँगै, सहभागी बैंक तथा वित्तीय संस्थाहरू (बीएफआई), पीएसओ र पीएसपीहरूले अब आफ्ना प्रणालीहरूलाई नेपालपे कार्ड जारी गर्न र कारोबार सहज बनाउन एकीकृत गर्न सक्नेछन् । बैं

कहरूको संलग्नतालाई अगाडि बढाउन एनसीएचएल र विभिन्न बैंक तथा वित्तीय संस्थाहरू बीच ‘प्रिन्सिपल मेम्बरशिप’ सम्झौता आदानप्रदान गरिएको छ । सम्झौतामा सहभागी हुने संस्थाहरूमा सिटिजन्स बैंक इन्टरनेशनल, गुडविल फाइनान्स, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, एनएमबी बैंक, प्रभु बैंक, शांग्री-ला डेभलपमेन्ट बैंक, र सिद्धार्थ बैंक रहेका छन् ।

एनसीएचएलले ११ वटा बैंक तथा वित्तीय संस्थाहरूलाई अन्तर्राष्ट्रिय कार्ड योजनाहरू सञ्चालन गर्न मद्दत गर्दै आएको आफ्नो इलेक्ट्रोनिक फन्ड ट्रान्सफर (EFT) स्विचलाई अब नेपालपे कार्डलाई स्वीकृत गर्न तयार रहेको घोषणा गरिएको छ । अन्य बैंक तथा वित्तीय संस्थाहरूलाई नेपालपे नेटवर्कमा आबद्ध गराउन थप प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।

एनपीएस-एनसीएसको कार्यान्वयनबाट घरेलु कार्ड कारोबारलाई अन्तरसञ्चालित बनाउने, लागत घटाउने, डेटा स्थानीयकरण लागू गर्ने, र डिजिटल भुक्तानी प्रणालीमा नवीनता ल्याउने लक्ष्य राखिएको छ । नेपालपे कार्ड EMV चिप प्रविधिमा आधारित छ र यसलाई अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य बनाउन एक अन्तर्राष्ट्रिय कार्ड नेटवर्कसँग सहकार्य गरिएको छ । 

नेपालपे कार्ड योजना अन्तर्गत, सहभागी बैंक तथा वित्तीय संस्थाहरू (बीएफआई) र भुक्तानी सेवा प्रदायक (पीएसपी)हरूले यसलाई प्रिन्सिपल वा एसोसिएट सदस्यका रूपमा जारी गर्नेछन् । भुक्तानी प्रणाली सञ्चालक (पीएसओ)हरूले तेस्रो पक्ष भुक्तानी प्रशोधनकर्ता (TPP) का रूपमा कार्ड प्रणाली निर्माण गर्नेछन् । नेपालपे कार्डलाई ग्राहकहरूले पीओएस टर्मिनल, एटीएम र भविष्यमा ई-कमर्स कारोबार तथा भर्चुअल कार्डका रूपमा प्रयोग गर्न सक्नेछन् ।