कीवर्डहरू -

च्याटजीपीटी जीपीटी–४० का नयाँ उन्नत विशेषताहरू: एआईलाई अझ प्रभावकारी रूपमा कसरी उपयोग गर्ने?

च्याटजीपीटी जीपीटी–४० का नयाँ उन्नत विशेषताहरू: एआईलाई अझ प्रभावकारी रूपमा कसरी उपयोग गर्ने?

धेरै इन्टरनेट प्रयोगकर्ताहरू एआईलाई आफ्नो काममा उपयोग गरिरहेका छन्। तर प्रश्न उठ्छ, कति मानिसहरू एआईका उन्नत विशेषताहरूको सही तरिकाले उपयोग गर्न सक्षम छन्? यस लेखमा, हामी तपाईंलाई च्याटजीपीटीका केही उन्नत विशेषताहरूबारे जानकारी प्रदान गर्नेछौँ, जसले तपाईंलाई यी विशेषताहरू कसरी काम गर्छन् भन्ने बुझ्न मद्दत पु¥याउनेछ ।

जीपीटी–४० का उन्नत विशेषताहरू

च्याटजीपीटीको सबैभन्दा नयाँ संस्करण जीपीटी–४० हो । यहाँ ‘ओ’ को अर्थ ओम्नी हो, जसको अर्थ यो संस्करण आवाज, भिडियो र टेक्स्ट समर्थन गर्छ । राम्रो कुरा के छ भने यो संस्करण सबै प्रयोगकर्ताहरूका लागि निःशुल्क उपलब्ध छ । तर, प्रयोगकर्ताहरूलाई यसमा सिमित पहुँच मात्र प्रदान गरिन्छ ।

प्लगइन विशेषता

जीपीटी–४० को प्लगइन विशेषता निकै उपयोगी छ । प्लगइनहरू मार्फत च्याटजीपीटीले जटिल कार्यहरू सहजै गर्न सक्छ ।

यसमा एआई डाइगाम र एआई पीडीएफ जस्ता विकल्पहरू समावेश छन् ।  च्याटजीपीटी मोडेल ४ मा प्लगइन विकल्प क्लिक गर्दा १०३२ वटा प्लगइनहरू उपलब्ध हुन्छन् । यी प्लगइनहरू विभिन्न कार्यहरूका लागि प्रयोग गर्न सकिन्छ ।

उदाहरणका लागि, यदि तपाईं डायग्राम बनाउनु एआई डाईग्राम प्लगइन उपयोगी हुन सक्छ । डायग्रामको प्रयोगले तपाईंले कुनै पनि विषयको मूल अवधारणालाई राम्रोसँग बुझ्न सक्नुहुन्छ ।

डेटा विश्लेषण 

च्याटजीपीटीको डेटा विश्लेषण विशेषता पनि धेरै उपयोगी छ । यस सुविधाबाट कुनै पनि प्रकारको फाइल अपलोड गर्न सकिन्छ ।

च्याटजीपीटी भिजन मोडमा फोटो विश्लेषण गर्न सक्छ । उदाहरणका लागि, यदि तपाईंले भाँथिएको साइकलको फोटो अपलोड गर्नुभयो भने, एआई टुलले समस्या पहिचान गर्नेछ र समाधान पनि सुझाव दिनेछ ।

जीपीटी–३.५ का विशेषताहरू

च्याटजीपीटीको ३.५ संस्करण पनि प्रयोग गर्न सकिन्छ । यस संस्करणमा कम्पनीले धेरै नयाँ विशेषताहरू थपेको छ । यो संस्करण प्रयोग गरेर डेस्कटप स्क्रिनशटको विश्लेषण गर्न सकिन्छ ।

च्याटजीपीटीलाई उत्पादक रूपमा उपयोग गर्न यसलाई अनुकूलन गर्न सकिन्छ । यसका लागि, प्रोफाइलमा क्लिक गरी “कस्टोमाईज च्याटजीपीटी“ विकल्प चयन गर्नुपर्छ । त्यहाँ अनुकूलनका लागि दुई प्रश्नहरूको उत्तर दिनुपर्छ ।
यसमा, च्याटजीपीटीले तपाईंबारे के–कस्ता जानकारी राख्नुपर्छ भन्ने कुरा तपाईंले आफैँ उल्लेख गर्न सक्नुहुन्छ ।

ड्याल ई ३ विशेषता

ड्याल इ ३ विशेषता तस्वीर र कलाकृति बनाउन प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि, यदि तपाईं आफ्नो सामाजिक सञ्जालमा अपलोड गर्नका लागि इमेज तयार गर्न चाहनुहुन्छ भने, तपाईं आफ्नो आइडिया टेक्स्टमा लेखेर एआई मार्फत इमेज उत्पन्न गर्न सक्नुहुन्छ ।