नामी ईभीको मूल्य वृद्धि भएको छ । नामी ईभीको मूल्य २५ हजारदेखि १ लाख रूपैयाँसम्म मूल्य बढेको हो ।
कम्पनीले सीमित अवधिको लागि विशेष परिचयात्मक मूल्य राखेको थियो । सीमित समयका लागि प्रस्तावित मूल्य यस महिनाको अन्त्यमा समाप्त हुने र यसपछि सामान्य मूल्यहरू नै कायम रहने कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार नामी ई १ को नयाँ मूल्य ३० लाख २४ हजार रूपैयाँ (२५ हजारको वृद्धि), नामी ई २ को नयाँ मूल्य ३२ लाख ४९ हजार रूपैयाँ (५० हजार वृद्धि) र नामी ई ३ को नयाँ मूल्य ३५ लाख ९९ हजार रूपैयाँ (१ लाखको वृद्धि) तोकिएको छ ।
डुअल टोन कलर भेरियन्ट खोज्नेहरूका लागि ५० हजार अतिरिक्त लागू हुनेछ । यसमा फ्रेमलेस ढोका, मेमोरी सिट, फ्लस डोर ह्यान्डलहरू, अटो पार्किङका साथै अन्य इन्नोभेटिव फिच्रस जस्तै लेभल २ एडीएएस सुरक्षा प्रणाली, लाइ-फ्ल्याट स्पेस र १२.८ इन्चको उन्नत इन्फोटेनमेन्ट कन्सोल जस्ता अभिनव सुविधाहरू रहेका छन् ।