मेटाले लगातार प्रयोगकर्ताहरूको व्यक्तिगत डाटामा काम गरिरहेको छ किनभने यस विषयमा कम्पनीलाई धेरै पटक आरोप लगाइएको छ । यस्तो अवस्थामा प्राइभेसी र अनलाइन गतिविधिमा थप नियन्त्रण दिन कम्पनीले एक्टिभिटी अफ मेटा टेक्नोलोजी उपलब्ध गराएको छ ।
यो एक गोपनीयता सेटिङ हो जसले प्रयोगकर्ताहरूलाई मेटा प्लेटफर्ममा एप र वेबसाइटहरू सेयर गर्ने डेटा हेर्न र नियन्त्रण गर्न अनुमति दिन्छ । यसले व्यवसाय र संस्थाहरूसँगको अन्तरक्रियाको बारेमा जानकारी समावेश गर्दछ । यो टूल प्रयोग गरेर, प्रयोगकर्ताहरूले मेटालाई कुन व्यवसायले डाटा पठाउँदैछ भनेर पत्ता लगाउन सक्षम हुनेछन् ।
तपाईंको इन्टरनेट गतिविधि ट्र्याक गर्न इन्स्टाग्रामलाई कसरी रोक्नेः
सबैभन्दा पहिले इन्स्टाग्राम एप खोल्नुहोस् । त्यसपछि प्रोफाइल पिक्चरमा ट्याप गर्नुहोस् । त्यसपछि माथिल्लो दायाँ कुनामा दिइएको तीन लाइनहरू हुनेछ, यसमा ट्याप गर्नुहोस् । त्यसपछि सेटिंग्स र गोपनीयतामा जानुहोस् ।
यस पछि एक्टिभीटीमा ट्याप गर्नुहोस् । यसपछि एक्टिभिटी अफ मेटा टेक्नोलोजीमा जानुहोस् ।
यस पछि, डिस्कनेक्ट फ्यूचर एक्छिभीटी टगल अन गर्नुहोस् । यसका साथ, इन्स्टाग्रामले तपाईंलाई ट्र्याक गर्न सक्षम हुनेछैन् ।