कीवर्डहरू -

मानिसको सहयोग नलिई आफैंले टूल बनाउँदै एआई

मानिसको सहयोग नलिई आफैंले टूल बनाउँदै एआई

सन् २०२३ सकिन लागेको छ । यस वर्ष एआईले धेरै चर्चा पायो । गुगलदेखि मेटा र माइक्रोसफ्टसम्म ठूला प्रविधि कम्पनी यस प्रतिस्पर्धामा छन् । 

ओपनएआइको एआइ टूल च्याटजीपीटी हाल उपलब्ध सबैभन्दा ठूलो एआई च्याट हो । भर्खरै गुगलले जेमिनी च्याटटूल प्रस्तुत गरेको छ, जुन च्याटजीपीटी फोर भन्दा राम्रो रहेको दाबी कम्पनीको छ ।

मानिसहरूलाई मद्दत गर्नका लागि सिर्जना गरिएको एआईले आफैंमा नयाँ टूलहरू सिर्जना गर्न सक्ने भएका छन् । नयाँ रिपोर्टले एआई अहिले मानिसभन्दा शक्तिशाली भएको दाबी गरेको छ ।

एआइ यति शक्तिशाली र छिटो छन् कि तिनीहरू आफैले अन्य एआई उपकरणहरू सिर्जना गर्न सक्छन् र यसका लागि कुनै मानिसको आवश्यकता पर्दैन् । यो कुनै साइन्स फिक्शन फिल्मको कुरा जस्तो लाग्छ तर यो सत्य हो ।

बिजनेस इनसाइडरको रिपोर्टका अनुसार, एमआईटी र क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरूको टोलीले एइजीप नामक एआई टेक कम्पनीसँग मिलेर एउटा ठूलो एआई मोडल बनाएको छ, जसले कोड क्र्याक गरी साना एआई साइडकिक्सहरू आफैं सिर्जना गरेको छ ।

एजिपका सीईओ यान सनले मेगा एआई मोडेलहरू च्याटजीपीटीले प्रयोग गर्न सक्ने साना उपकरणहरू सिर्जना गर्न प्रयोग भइरहेको फक्स न्यूजलाई बताएका छन् ।

उनले साना मोडल बनाउन ठूला मोडल प्रयोग गरिरहेको बताए । यो आफै–विकसित एआई सुरू हुने पहिलो कदम हो । सनका अनुसार ठूला मोडलले मानिसको सहयोग नलिइकन सानो एआई मोडल बनाएको हो ।
 
च्याटजीपीटी फोर एक दिन चलाउन लगभग ७ लाख डलर चाहिन्छ । जबकी साना मोडलहरू धेरै सस्तो छन् ।  यसलाई टाइनी एमएल्स भनिन्छ ।