नागरिक एपमा अब ट्राफिक जरिवाना तथा कारबाहीको विस्तृत विवरण हेर्न सकिने भएको छ । नागरिक एपको नयाँ अपडेटमा सो सुविधा आएको हो ।
अब एपबाट ट्राफिक जरिबाना तथा कारबाहीको विस्तृत विवरण (चिट नम्बर, मिति, जरिबाना तिरे नतिरेको अवस्था, जरिबाना रकम, जरिवाना तिरेको भए त्यसको मिति र उलङ्घन गरेको नियम) हेर्न सकिने नागरिक एपले जनाएको छ ।
यदी तपाईले पनि नागरिक एप (भर्सन १.६.१०) अपडेट गर्नुभएको छैन् भने अपडेट गरेर यो सेवा लिन सक्नुहुनेछ ।