तपाईंले सुन्नु भएको हुनसक्छ, कुनै व्यक्तिको स्थान थाहा पाउनका लागि जीपीएसको प्रयोग गरिन्छ । तर अब यो तरिका चाँडै परिवर्तन हुँदैछ । कृत्रिम बुद्धिमत्ता अर्थात् एआई आजको समयमा निकै लोकप्रिय हुँदै गएको छ । भनिन्छ कि भविष्यमा यसको प्रयोग व्यापक रूपमा हुनेछ ।
वैज्ञानिकहरूले एउटा यस्तो प्रविधि विकास गरेका छन्, जसले शरीरमा रहेको ब्याक्टेरियाको मद्दतले स्थान पत्ता लगाउन सक्छ । यसको मतलब अब लोकेशन पत्ता लगाउन जीपीएसको आवश्यकता हुने छैन् । आउनुहोस्, यस प्रविधिले कसरी काम गर्छ भनेर बुझौँ ।
जिनोम बायोलोजी एन्ड इभोल्युसनमा प्रकाशित एक अध्ययनमा यो कुरा अगाडि आएको छ । स्वीडेनको लन्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् कि शरीरमा पाइने ब्याक्टेरिया वातावरण अनुसार परिवर्तन भइरहन्छ । अर्थात्, यदि तपाईं कुनै पहाडी क्षेत्रमा हुनुहुन्छ भने ब्याक्टेरियाहरू फरक प्रकारका हुन्छन् र यदि घरमा हुनुहुन्छ भने ब्याक्टेरिया अर्कै हुन्छन् ।
वैज्ञानिकहरूले एक कृत्रिम अर्थात् एआई विकास गरेका छन्, जसको मद्दतले तपाई कहाँ हुनुहुन्छ भनेर पत्ता लगाउन सकिन्छ । यस उपकरणको नाम माइक्रोबायोम–जियोग्राफिकल पपुलेसन स्ट्रक्चर (एम–जीपीएस) प्रविधि हो । यो उपकरणले ब्याक्टेरियाको पहिचान गर्न सक्छ र बताउन सक्छ कि कुन ब्याक्टेरिया कहाँ पाइन्छ । यसरी, यो उपकरणले व्यक्ति घरमा छ, रेल्वे स्टेशनमा छ वा पार्कमा हिँडिरहेको छ भनेर बताउन सक्छ ।
यो प्रविधि कसरी काम गर्छ ?
यद्यपि, यो उपकरणको प्रयोग गर्नका लागि एउटा विशेष ग्याजेटको आवश्यकता हुनेछ । वैज्ञानिकहरूका अनुसार भविष्यमा यो उपकरणको प्रयोग स्मार्टफोनमा गर्न सकिनेछ । फोनको स्क्रिनलाई उन्नत बनाइनेछ । स्क्रिनले प्रयोगकर्ताको औँलामा रहेको ब्याक्टेरियालाई पहिचान गर्न सक्नेछ र बताउन सक्नेछ कि प्रयोगकर्ता कहाँ छन् । साथै, यस प्रविधिले रोगको फैलावट रोक्न पनि मद्दत गर्न सक्छ ।
यो प्रविधि कति सटीक छ?
यो प्रविधि धेरै नै सटीक छ । वैज्ञानिकहरूले यसलाई विभिन्न स्थानबाट आएका ब्याक्टेरियामा परीक्षण गरेका छन् । यसले लगभग ९२ प्रतिशत अवस्थामा सही स्थान बताएको छ । अर्थात् यदि तपाईं कुनै सहरमा हुनुहुन्छ भने यो प्रविधिले तपाईं कुन सहरमा हुनुहुन्छ भनेर बताउन सक्छ, र यदि तपाईं एउटै सहरको दुई फरक स्थानमा हुनुहुन्छ भने पनि यो प्रविधिले कुन स्थानमा हुनुहुन्छ भनेर ठ्याक्कै बताउन सक्छ ।