कीवर्डहरू -

अब कम्पनी रजिष्ट्रारका सूचना एआईबाट, २४ घण्टा सेवा सुरु

अब कम्पनी रजिष्ट्रारका सूचना एआईबाट, २४ घण्टा सेवा सुरु

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयमा आम सर्वसाधारणका जिज्ञासा अब एआईबाट समाधान गरिने भएको छ । यसको लागि कम्पनी रजिस्ट्रारको कार्यालयले एआईमा आधारित कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

कम्पनी दर्ता, प्रशासन तथा कानुनी प्रक्रिया सम्बन्धी जानकारी चौबीसै घण्टा प्राप्त गर्न सकिने छ । सेवाग्राहीले ९७००००४४१४ नम्बरमा फोन गरेर आफूलाई चाहिएको जानकारी लिन सक्नेछन् । यो नम्बरबाट जानकारी प्राप्त नभएको कुराको लागि भने सम्बन्धित शाखाको नम्बर दिइने व्यवस्था गरिएको छ ।

यसअघि यस प्रकारको सूचना कार्यालय समयमा सूचना अधिकारीबाट दिइने गरिएको थियो । तर एक पटकमा एक जनासँग मात्रै कुरा गर्न सकिने, कार्यालयका अन्य काममा बैठक बस्दा मिटिङ गर्न नसकिने, कार्यालय समयपछि फोन नउठ्ने जस्तो समस्या रहन्थ्यो अब भने एकै पटक जतिसुकै व्यक्तिले पनि फोन गरेर कुरा गर्न सक्नेछन् ।

null