कीवर्डहरू -

अब जीमेलमा नयाँ स्क्रिन नखोलेरै रिप्लाइ गर्न सकिने

अब जीमेलमा नयाँ स्क्रिन नखोलेरै रिप्लाइ गर्न सकिने

जीमेलले आफ्नो एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि नयाँ सुविधा ल्याएको छ । गुगलको वर्कस्पेस वेबपेजमा उल्लेख गरिएको नयाँ ब्लग पोष्ट अनुसार, कम्पनीले आफ्ना जीमेल प्रयोगकर्ताहरूका लागि एन्ड्रोइड डिभाइसमा इमेलको रिप्लाइ गर्नलाई अझै सजिलो बनाउँदैछ ।

अब प्रयोगकर्ताहरूलाई इमेलको रिप्लाइ गर्नका लागि छुट्टै नयाँ स्क्रिन खोल्न आवश्यक पर्ने छैन् । उनीहरूले इमेलको रिप्लाइ कनभरसेसनको तलबाटै गर्न सक्नेछन् । अहिलेसम्मको कुरा गर्ने हो भने, जीमेल एपमा कुनै पनि इमेल खोलिसकेपछि रिप्लाई, रिप्लाई अल, फरवार्ड जस्ता विकल्पहरू इमेलको तल देखिन्छन् । यी विकल्पहरूमध्ये कुनै एकलाई चयन गरेपछि मात्रै रिप्लाइ गर्नका लागि फुल स्क्रिन कम्पोज भ्यु पप अप हुन्छ ।

प्रयोगकर्ताहरूले कुनै पनि इमेल स्क्रोल डाउन गरेर तल आएपछि सिधै आफ्नो इमेल ड्राफ्ट गर्न सक्नेछन् ।
ब्लग पोष्टमा गुगलले आफ्ना जीमेल एन्ड्रोइड प्रयोगकर्ताहरूलाई आजदेखि तपाईंले इमेलको रिप्लाइ कनभरसेसनको ठीक तलबाटै गर्न सक्नुहुने बताएको छ ।

यसका लागि तपाईंलाई छुट्टै नयाँ स्क्रिन खोल्न आवश्यक पर्ने छैन् । हामीलाई थाहा छ कि यो नयाँ विकल्प तपाईंका लागि क्विक, लाइटवेट र फर्मल रेस्पोन्सको लागि विशेष हुनेछ । तपाईंले टेक्स्ट बक्सलाई एक्स्प्याण्ड गरेर फर्म्याटिङका नयाँ विकल्पहरू पनि एक्सेस गर्न सक्नुहुन्छ ।

यसका लागि पहिले एन्ड्रोइड डिभाइसमा जीमेल एप खोल्नुहोस् । अब जुन इमेलको रिप्लाइ गर्न चाहनुहुन्छ, त्यसलाई खोल्नुहोस् ।

स्क्रोल डाउन गरेर तल रहेको टेक्स्ट बक्समा क्लिक गर्नुहोस् । बक्समा रिप्लाइ टाइप गरेर सेण्ड आइकनमा क्लिक गर्नुहोस् ।

तपाईं चाहनुहुन्छ भने फुल स्क्रिन कम्पोज भ्यु पनि गर्न सक्नुहुन्छ । यसका लागि तपाईं “एक्सप्याण्ड टू फूल स्क्रीन“ मा ट्याप गर्न सक्नुहुन्छ । यदि तपाईंले अहिलेसम्म यस्तो विकल्प एन्ड्रोइड डिभाइसमा देख्न पाउनुभएको छैन भने केही समय पर्खन सक्नुहुन्छ । यो नयाँ फिचर बिस्तारै रोल आउट हुनेछ ।