कीवर्डहरू -

अब गुगल सर्चको सहयोगमा एआई इमेज पनि बनाउन सकिने

अब गुगल सर्चको सहयोगमा एआई इमेज पनि बनाउन सकिने

अब गुगल सर्चको सहयोगमा एआई इमेज पनि बनाउन सकिने भएको छ । गुगलको (सर्च जेनेरेटिभ एक्सपिरियन्स) सुविधाको सहयोगमा एआई इमेज बनाउन सम्भव हुनेछ ।

वास्तवमा, गुगलले अगस्टमा यो सुविधा ल्याएको थियो । पहिले यो फिचरले एआई जेनेरेटेड उत्तरहरू प्राप्त गर्नमा मात्र मद्दत गर्दथ्यो, अब यो फिचरले प्रयोगकर्ताका लागि एआई जेनेरेटेड इमेज बनाउन सक्षम हुनेछ ।

गुगलले आफ्नो ब्लग पोस्टमा वणर्नको आधारमा एआई इमेज सिर्जना गर्ने नमूना भिडियो पनि पोस्ट गरेको छ । गुगलको (सर्च जेनेरेटिभ एक्सपिरियन्स) सुविधाको साथ इमेज सिर्जना गर्न धेरै सजिलो छ । तपाईंले गुगल सर्चमा इमेजको लागि विवरण दिएर सिर्जना गरिएको इच्छित छवि प्राप्त गर्न सक्नुहुन्छ ।

गुगल सर्चबाट कसरी बनाउने एआई इमेज ?

सबैभन्दा पहिले फोनमा गुगल सर्च वा गुगल एप खोल्नु पर्छ । अब तपाईले चाहनु भएको इमेजको प्रकारको बारेमा विवरण टाइप गर्नुपर्नेछ । यसपछि तपाईंले इन्टरमा क्लिक गर्नुपर्नेछ ।

केही बेर पर्खिएपछि गुगल सर्च रिजल्टमा एआई जेनेरेट गरिएको तस्बिर तपाईको अगाडि हुनेछ ।